IME Life

नेपाल पुनर्बीमा कम्पनीले माग्यो १७ पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले विभिन्न १७ पदका लागि २ं० जना कर्मचारी माग गरेको छ । कम्पनीले लोक सेवा आयोगबाट भदौ १ गते प्राप्त सहमतिमा यी विभिन्न पदका लागि नयाँ कर्मचारी माग गरेको जनाएको छ ।

कम्पनीले मुख्य प्रबन्धक (प्रशासन) का लागि २ जना, वरिष्ठ प्रबन्धकका लागि २ जना, बरिष्ठ चार्टर्ड एकाउण्टेण्टर प्रबन्धक कानुनका लागि २ जना, प्रबन्धक इन्जिनियर कम्प्युटरमा १ जना, उप प्रबन्धक इन्जिनियर कम्प्युटरमा १ जना, उप प्रबन्धक बीमाङकीमा १ जना, सहायक प्रबन्धकमा ७ जना, सहायक प्रबन्धक कानुनमा १ जना र वरिष्ठ सहायकका लागि २ जना गरी जम्मा २० जना कर्मचारीको माग गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

जसमध्ये ११ जना खुलाबाट, आन्तिरिक प्रतियोगितामा १ जना, ४ जना आदिवासी जनजाति, १ जना महिलामा नयाँ कर्मचारी भर्ना गरिने कम्पनीले जनाउको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा जागिरको लागि सबैभन्दा तल्लो तको बरिष्ठ सहायक पदका लागि व्यवस्थापन, वित्त, लेखा, बीमा, अर्थशास्त्र, बाणिज्य शास्त्र, कानुन, तथ्याङ्कशास्त्र वा इन्जिनियरिङमा प्रमाणपत्र तह उत्तिर्ण हुनुपर्ने छ भने सो भन्दा माथि स्नातक तहको शैक्षिक योग्यता अनिवार्य हुनुपर्ने कम्पनीले जनाएको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा आवेदन दिन सोही कम्पनीको वेभसाईटमा गएर तोकिए बमोजिमको आवेदन फारम भरी बैंकमा गएर शुल्क बुझाएपछि मात्रै परिक्षामा सहभागी हुने पाइने कम्पनीले जनाएको छ । ईच्छुक आवेदकले भदौ २४ गतेसम्म आवेदन दिनुपर्नेछ । दोब्बर दस्तुर तिरेर भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS