IME Life

राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको कार्यकाल सकियो, यस्तो छ प्रगति विवरण

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको तीन वर्षे कार्यकाल सकिएको छ । ठिक तीन वर्ष अगाडि जेठ ६ गतेको मन्त्रिपरिषदको बैठकले पाठकलाई प्रशासकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार आजदेखि कार्यकाल सकिदैछ । तर पाठकले  नियुक्तिपत्र भने जेठ १० गते लिएका थिए ।

नियुक्तिपत्रका आधारमा भने जेठ १० गते मात्रै कार्यकाल सकिन्छ । पाठकले बुधबार नै मेरो कार्यकाल सकिएको भन्दै बिहीबारदेखि आफु कार्यालय नआउने जानकारि दिएका छन् । अभ्यास अनुसार मन्त्रिपरिषदको निर्णय र नियुक्तिपत्र दुबैको भएको देखिएकाले बिहीबारदेखि कार्यकालय नआउने जानकारी दिइएको पाठकले बताए ।

Prabhu
Crest

बैंकिङ पृष्ठभुमिका पाठकले तीन वर्ष राष्ट्रिय बीमा संस्थानको सुधारका कामहरु गरेर बाहिरिएका छन् । राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६६/६७ देखिको लेखापरिक्षण प्रतिवेदन स्वीकृत हुन सकेको छैन । यस अवधिमा रहेका कतिपय विवाद समाधान गरेर बीमा समितिबाट स्वीकृत हुने अन्तिम चरणमा पुर्याइएको पाठकले जानकारी दिए ।

लेखापरिक्षण प्रतिवेदनमा देखिएको विवाद समाधान गएको वर्षमै सकिने अवस्था रहेता पनि यस भन्दा अगाडिका अध्यक्षले नमान्दा अड्किएको पाठकले आरोप लगाए । अध्यक्ष सूर्य प्रसाद सिलवालले आफ्नो नियुक्तिको केहि समयमै संस्थानको समस्याको गाठो फुकाउन मद्दत गरेको उनले बताए ।

अध्यक्ष सिलवालले संस्थानको ५४ औ वार्षिकोत्सवको अवसरमा अवको एक वर्ष भित्रमा संस्थान भित्रका सम्पुर्ण समस्याको गाठो फुकाउने प्रतिवद्धता व्यक्त गरेका थिए । संस्थानले पेश गरेका विवरणका आधारमा अध्यक्ष सिलवालले एकै पटक तीन तीन वर्षको लेखापरिक्षण स्वीकृत हुने हिसावले काम गर्न निर्देशन दिएका छन् । अवको ६/७ महिनामा लेखापरिक्षण तथा वार्षिक साधारणसभा नै सम्पन्न हुने अवस्था रहेको पाठकले जानकारी दिए ।

पाठकले आफ्नो कार्यकालमा ८ वटामा सिमित शाखालाई विस्तार गरेर २२ वटा पुर्याएका छन् । उनको कार्यकालमा ८६ जना दक्ष कर्मचारी नियुक्त भएका छन् । सबैभन्दा ठुलो उपलब्धी बीमालेखको संख्यामा देखिन्छ । तीन वर्ष अगाडि उनि संस्थानमा छिर्दै गर्दा तीन लाख ७२ हजार वटा बीमा लेख रहेकोमा उनले संस्थान छाड्दै गर्दा ७ लाख ३८ हजार वटा पुर्याउन सफल भएका छन् । बीमा कोष तथा जगेडा कोषमा पनि उल्लेख सुधार भएको छ ।

summary report of RBS with comparisons (1)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS