IME Life
Beema Board

ज्योति लाईफ इन्स्योरेन्सले कति पाउँला ओपनिङ रेञ्ज ?

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । रितपुर्वक परेको १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड गरिएको छ । जसमा ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका छन् । आवेदन दिएका मध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएको जनाएको छ ।

ज्योति लाईफ इन्स्योरेन्सको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १२० रुपैयाँ २९ पैसा र अधिकतम ३६० रुपैयाँ ८७ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । ज्योति लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७को अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य १२० रुपैयाँ २९ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ । यदि आर्थिक वर्ष ७६/७७ को लेखापरिक्षण गरिएको वित्तीय विवरण थियो भने १३२ दशमलव ९४ को आधारमा रेञ्ज (१३२.९४ देखि ३९८.८२ ) तय हुने थियो ।

Prabhu
Crest

प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । जसमा संस्थापक समुहको ७० प्रतिशत र सर्वसाधारण समुहको ३० प्रतिशत हुनेछ । कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS