IME Life

१५ देखि १९ वर्ष अवधिको बीमा पोलिसी खरिद गर्नेको संख्या सर्वाधिक, बीमाको पैसाले छिट्टै गर्जो टार्ने रणनीति

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै १५ वर्षदेखि १९ वर्ष अवधिको बीमा पोलिसी बिक्री गर्ने गरेको पाइएको छ ।  नेपाली समाजमा  अवकास पछिको समयका लागि भन्दा पनि केहि समय पछि आफैलाई पैसा चाहिने हिसावले जीवन बीमा हुने गरेकाले यो उमेर अवधिमा संख्या धेरै देखिएको बीमा विज्ञ भोजराज शर्मा बताउछन् । उनले भने ‘अहिले बीमा गरेर निश्चित समय पछि कम्पनीबाट आउने पैसाले  गर्जो टारौ भन्ने धेरै छन् ।’

प्रायले विवाह अगाडि भन्दा पनि विवाह पछि जीवन बीमा गर्ने गरेको उनको अनुभव छ। विवाह भएर एउटा बच्चा भए पछि उक्त बच्चाका लागि भविष्यमा आवश्यक पर्ने पैसा जोहो गर्ने हिसाबले यो अवधिको बढि बीमा हुने गरेको पाईन्छ । आफ्नो सन्तानको विवाह तथा उच्च शिक्षाका लागि धेरै पैसाको आवश्यक्तन पर्ने हुनाले बीमा हुने गरेको पाइन्छ। यसका लागि बीमितले १५ देखि २० वर्ष अवधिको बीमा पोलिसी खरिद गर्नु पर्ने हुन्छ।

Prabhu
Crest

नेपालमा २५ देखि ३० वर्ष पछि विवाह गर्नेको संख्या धेरै देखिएको विज्ञहरु बताउछन्। यस हिसाबले बीमितको उमेर पनि २५ देखि ३० वर्ष हाराहारीको हुन्छ। एउटा सन्तान जन्मिसके पछि उसले सबैभन्दा पहिला उच्च शिक्षाको लागि योजना बनाउछ। त्यस पछि उसको विवाहका लागि योजना बनाउछ। यि दुबै कार्यका लागि पनि १५ देखि २० वर्ष अवधिको बीमा बढि हुने गरेको पाइन्छ।

कम्पनीहरुले सर्वाधिक धेरै बोनसदरको प्रचार गर्ने गरेको भएता पनि सबैभन्दा धेरै यस अवधिको बीमा गर्नेले प्राप्त गर्ने प्रतिफल भने न्युन छ। बीमितले केहि समय पछि लाभ प्राप्त गर्ने गरि बीमा गराउनु भन्दा बढि अवधिको लागि बीमा गराउदा दुबै पक्षलाई लाभ हुने शर्माको सुझाव छ। बीमितले ३०/४० वर्ष अवधिको बीमा गर्दा बोनस पनि धेरै पाउने र अवकास पछि सजिलै आफ्नो गुजारा चलाउन सक्षम हुन्छन्।

विदेशमा जागिर खान थाले पछि अवकास नहुन्जेलसम्मको अवधिका लागि बीमा गर्ने प्रचलन बढि छ। यसो गर्दा एउटा व्यक्तिले कम्तिमा पनि ३० वर्ष अवधिको बीमा गराउछ। उसलाई पोलिसी खरिद गर्दा खर्च पनि कम पर्छ साथै पोलिसी परिपक्व भए पछि एकमुष्ठ रकम पनि धेरै पाउछ। तर नेपालमा यस्तो प्रचलन एकदमै कम छ। क्षणिक लाभका लागि बीमा गर्नु भन्दा बीमितले धेरै अवधिको बीमा गर्दा बढि लाभ प्राप्त गर्ने भएकाले जागिर खाने वित्तीकै बीमा गर्ने र लामो अवधिको पोलिसी खरिद गर्दा बुद्धिमता हुने शर्माको सुझाव छ।

२०७५ /७६ को बोनशदर प्राय अधिकांश जीवन बीमा कम्पनीहरुले घोषणा गरिसकेका छन् । सोही अनुरुप कम्पनीहरुले घोषणा गरेको बोनशदरलाई हेर्ने हो भने १५ देखि १९ वर्ष अवधिको बीमा पोलिसी सर्वाधिक विक्री भएको देखिएको पाईन्छ । कम्पनीहरुले न्युनतम ० देखि ९ वर्ष अवधिदेखि अधिकतम २५ वर्ष वा सोभन्दा बढी अवधिको बीमा पोलिसीहरु बीमा बजारमा विक्री गरिरहेका छन् । तर यी विभिन्न अवधिका बीमा पोलसीहरुभन्दा १५ देखि १९ वर्ष अवधिको पोलिसीमा मानिसको चासो बढी भएको पाइयो । २५ वर्ष वा सो भन्दा बढीको बीमा पोलिसीमा बोनशदर बढी भएता पनि कम विकेको पाईन्छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष २०७५ ७६ को नयाँ बोनशदर हेर्ने हो अन्य अवधिको बीमा पोलिसीभन्दा १५ देखि १९ वर्ष अवधिको सावाधिक जीवन बीमा पोलिसी सर्वाधिक ६ हजार ४ सय ३५ वटा विक्री भएको पाईन्छ । यस अवधिमा बीमितहरुले ४५ रुपैयाँ बोनश पाउनेछन् । त्यस्तै, सावाधिक तथा आजीवन बीमालेखमा १५ देखि १९ वर्ष अवधिको ५ हजार ६ सय ४५ वटा बीमालेख विक्री भएका छन् । उक्त बीमालेख खरिद गरे वापत बीमितहरुले प्रतिहजार ४० रुपैयाँ बोनश पाउनेछन् ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पनि १५ देखि १९ वर्ष अवधिको सावाधिक जीवन बीमालेख सबैभन्दा बढी विक्री भएको पाईन्छ । जुन बीमालेख ११ हजार १३ वटा विक्री भएको छ । जसमा बीमितहरुले प्रति हजार ५० रुपैयाँ बोनश प्राप्त गर्नेछन् । त्यस्तै, सावाधिक तथा आजीवन बीमालेखमा १५ देखि १९ वर्ष अवधिको ३ हजार ४ सय ४८ वटा बीमालेख विक्री भएका छन् । उक्त बीमालेख खरिद गरे वापत बीमितहरुले प्रतिहजार ५० रुपैयाँ बोनश पाउनेछन् ।

एलआइसी नेपाल
एलआइसी नेपाल इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष २०७५ ७६ को नयाँ बोनशदर हेर्ने हो भने ५ देखि १९ वर्ष अवधिको सावाधिक तथा रुपान्तरित सावाधिक जीवन बीमालेख सबैभन्दा बढी विक्री भएको पाईन्छ । जुन बीमालेख ३ लाख ५६ हजार ७ सय ५७ वटा विक्री भएको छ । जसमा बीमितहरुले ६६ रुपैयाँ बोनश प्राप्त गर्नेछन् । त्यस्तै, अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेखमा १५ वर्षे २५ हजार ९ सय ७४ वटा बीमा पोलिसी विक्री गरेको छ । जसमा बीमितहरुले ६६ रुपैयाँ बोनश पाउने छन् ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको भने ५ देखि १५ वर्ष अवधिको महालक्ष्मी सावाधिक जीवन बीमालेख सबैभन्दा धेरै ९ सय ७ वटा बीमालेख विक्री भएका छन् । जसमा बीमितहरुले प्रति हजार ५० रुपैयाँ बोनश प्राप्त गर्नेछन् । त्यस्तै, महालक्ष्मी हेरचाह बीमालेखमा ५ देखि १५ वर्ष अवधिको २ सय ७८ वटा बीमालेख विक्री भएका छन् । जसमा बीमितहरुले प्रतिहजार ५० रुपैयाँ बोनश प्राप्त गर्नेछन् ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १५ देखि १९ वर्ष अवधिको सावाधिक जीवन बीमालेख सिबैभन्दा बढी वक्री भएको पाईन्छ । कम्पनीले १ लाख ४८ हजार ५ सय ७२ यस बीमालेख विक्री गरेका छन् । जसमा बीमितहरुले ६४ रुपैयाँ बोनशदर प्राप्त गर्नेछन् । त्यस्तै, सावाधिक तथा आजीवन बीमालेख १५ देखि १९ वर्ष अवधिको ७३ हजार ८ सय ४० वटा विक्री गरेका छन् । जसमा बीमितहरुले ६४ रुपैयाँ बोनश पाउनेछन् ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको १५ देखि १९ वर्ष अवधिको सावाधिक जीवन बीमालेख ७ हजार ८ सय ६३ वटा विक्री भएको छ । यस अवधिमा बीमितहरुले प्रति हजार ४० रुपैयाँ बोनशदर प्राप्त गरेका छन् । त्यस्तै, १५ देखि १९ वर्ष अवधिकै सावाधिक तथा आजीवन बीमालेख १ हजार १ सय ४४ वटा विक्री गरेको छ । जसमा बीमितहरुले ४० रुपैयाँ बोनश प्राप्त गर्नेछन् ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको सावाधिक जीवन बीमालेख विक्री भएकोे छ । कम्पनीले यस अवधिका ८८ हजार २ सय ८० वटा बीमालेख विक्री गरेको छ । यस अवधिमा बीमितहरुले प्रति हजार ४१ रुपैयाँ बोनश प्राप्त गर्नेछन् । त्यस्तै, १५ देखि १९ वर्ष अवधिकै १४ हजार २ सय ५७ वटा अग्रिम भुक्रानी सावाधिक जीवन बीमालेख विक्री गरेको छ । यस अवधिमा बीमितहरुले ४६ रुपैयाँ बोन पाउनेछन् ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको सावाधिक जीवन बीमालेख विक्री भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ८ हजार २ सय ४४ वटा विक्री गरेको छ । यस अवधिमा बीमितहरुले ४० रुपैयाँ बोनश प्राप्त गर्नेछन् । त्यस्तै, १५ देखि १९ वर्ष अवधिको सावाधिक तथा आजीवन बीमालेख १ हजार १ सय २ वटा विक्री गरेको छ । यस अवधिमा बीमितहरुले प्रति हजार ४० रुपैयाँ बोनशदर प्राप्त गर्नेछन् ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको सावाधिक जीवन बीमालेख विक्री भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ६० हजार ७ सय ९० वटा विक्री गरेको छ । यस अवधिमा बीमितहरुले ४८ रुपैयाँ बोनश प्राप्त गर्नेछन् । त्यस्तै, १५ देखि १९ वर्ष अवधिको सावाधिक तथा आजीवन बीमालेख ७ हजार ८ सय २४ वटा विक्री गरेको छ । यस अवधिमा बीमितहरुले प्रति हजार ४८ रुपैयाँ बोनशदर प्राप्त गर्नेछन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै १६ देखि २० वर्ष अवधिको सावाधिक तथा सामुहिक जीवन बीमालेख विक्री भएकोे छ । कम्पनीले १६ देखि २० वर्ष अवधिको यस बीमालेख १ लाख ४७ हजार १ सय २३ वटा विक्री गरेको छ । यस अवधिमा बीमितहरुले ६५ रुपैयाँ बोनश प्राप्त गर्नेछन् । त्यस्तै, ५ देखि १५ वर्ष अवधिको सावाधिक तथा आजीवन बीमालेख १ लाख २८ हजार २ सय १८ वटा विक्री गरेको छ । यस अवधिमा बीमितहरुले प्रति हजार ६५ रुपैयाँ बोनशदर प्राप्त गर्नेछन् ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको सावाधिक जीवन बीमालेख विक्री भएकोे छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ४ हजार १ सय ५२ वटा विक्री गरेको छ । यस अवधिमा बीमितहरुले ४० रुपैयाँ बोनश प्राप्त गर्नेछन् । त्यस्तै, १५ देखि १९ वर्ष अवधिको सावाधिक तथा आजीवन बीमालेख ९ सय ३९ वटा विक्री गरेको छ । यस अवधिमा बीमितहरुले प्रति हजार ४० रुपैयाँ बोनशदर प्राप्त गर्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको सावाधिक जीवन बीमालेख विक्री भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख १२ हजार ४ सय २९ वटा विक्री गरेको छ । यस अवधिमा बीमितहरुले ३१ रुपैयाँ बोनश प्राप्त गर्नेछन् । त्यस्तै, १५ देखि १९ वर्ष अवधिको सावाधिक तथा आजीवन बीमालेख २ हजार ६६ वटा विक्री गरेको छ । यस अवधिमा बीमितहरुले प्रति हजार ३५ रुपैयाँ बोनशदर प्राप्त गर्नेछन् ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको बालबालिकाको सावाधिक जीवन बीमालेख विक्री भएकोे छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ९२ हजार १ सय २५ वटा विक्री गरेको छ । यस अवधिमा बीमितहरुले प्रति हजार ६० रुपैयाँ बोनशदर प्राप्त गर्नेछन् । त्यस्तै, १५ देखि १९ वर्ष अवधिको सावाधिक जीवन बीमालेख ६८ हजार ९ सय २६ वटा विक्री गरेको छ । यस अवधिमा बीमितहरुले ६० रुपैयाँ बोनश प्राप्त गर्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS