IME Life New

एभरेष्ट इन्स्योरेन्सको दोस्रो बजारमा संस्थापक शेयरको अवैधानिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। दोस्रो बजारमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर अवैधानिक रुपमा कारोबार हुने गरेको छ। नियम विपरित दोस्रो बजारबाटै कम्पनीको संस्थापक शेयर पनि सर्वसाधारणको जस्तै गरि कारोबार हुने गरेको छ।

नियम अनुसार संस्थापक शेयरको कारोबार गर्नु भन्दा अगाडि कम्पनीको बोर्डबाट स्वीकृति लिनु पर्छ। कम्पनीको बोर्ड हुँदै बीमा समिति र धितोपत्र बोर्डको स्वीकृति पछि मात्रै कारोबार गर्न पाइन्छ। तर, कम्पनीको संस्थापक शेयरको कारोबार भने दोस्रो बजारमा अन्य सर्वसाधारण समुहको जस्तै गरि हुने गरेको भन्दै लगानीकर्ताहरुले विरोध गर्न थालेका छन्।

Esewa
Crest

बीमा समितिले चार वर्ष अगाडि बीमा कम्पनीहरुलाई पुँजी बृद्धि गर्न निर्देशन दिएसँगै कम्पनीले ६ सय प्रतिशत हकप्रद शेयरको प्रस्ताव गरेको थियो। साधारणसभा र बीमा समितिबाट हकप्रद निष्काशनको स्वीकृति पछि धितोपत्र बोर्डले भने रोकेको थियो। बोर्डले नियम अनुसार कम्पनीको सर्वसाधारण र संस्थापक शेयरधनी समुह नछुट्टिएको भन्दै संस्थापक र सर्वसाधारण शेयरधनी छुट्टाउन निर्देशन दिएको थियो।बोर्डको यस्तो निर्देशनसँगै कम्पनीले सुरुमा १०५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, हकप्रद शेयरबाट कायम शेयरधनीलाई संस्थापक शेयरधनी मान्ने प्रस्ताव गरेको थियो। कम्पनीको यस्तो प्रस्तावले साधारण १०/२० कित्ता शेयरभएका शेयरधनी पनि संस्थापक शेयरधनी बन्नु परेको थियो।

थोरै थोरै शेयर पुँजी भएका लगानीकर्ता पनि संस्थापक बन्नु परेको भन्दै कम्पनीले नेप्सेबाट संस्थापक कायम भएका शेयरधनीलाई ‘इआइसीपिओ’ को कोडबाट कारोबार गराइरहेको छ। यसरी कारोबार गराउने क्रममा नेप्सेले साधारण टिप्पणी पनि नउठाइ कारोबार गरेको पाइएको छ। जबरजस्ती संस्थापक शेयरधनी बनाइएको भन्दै लगानीकर्ताले कम्पनीलाई दोस्रो बजारमा सहज कारोबार गराउन दवाब दिएका थिए।

लगानीकर्ताले दवाब दिएको भन्दै नियामक निकाय, नेप्से र कम्पनीका आधिकारिक प्रतिनिधिले आपसी मौखिक सहमतिमै कारोबार गरिएको नेप्सेले बताएको छ । गत मंसिर ११ गतेदेखि दोस्रो बजारमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर कारोबार भैरहेको छ।

कम्पनीका ठुला लगानीकर्ताले नै दोस्रो बजारबाट खुलेआम कारोबार गर्न थाले भने संस्थागत सुशासन पनि ध्वस्त हुने बीमा समितिका एक अधिकारीले बताए।

थोरै थोरै शेयर भएका शेयरधनीलाई यसले निश्चयनै गाह्रो बनाएको छ तर प्रचलित ऐन नियम कानुन भन्दा बाहिर गएर कारोबार भइरहेको बीमा समितिको एक अधिकारीले बताए “बीमा समिति कमजोर हुँदा यसको कारोबारको मोडालिटी बन्न नसकेको हो।”

अहिले साना लगानीकर्ताले दुख पाए भनेर दोस्रो बजारमा कारोबार हुँदै जाने हो भने ५/१० प्रतिशत शेयर स्वामित्व भएका शेयरधनीहरुले पनि बेच्न थाले भने अर्को समस्या आउछ। संस्थापक शेयरको कारोबारका लागि नियम अनुसार फिट एण्ड प्रपर टेष्ट हुनु पर्छ। तर कम्पनीका ठुला लगानीकर्ताले नै दोस्रो बजारबाट खुलेआम कारोबार गर्न थाले भने संस्थागत सुशासन पनि ध्वस्त हुने बीमा समितिका एक अधिकारीले बताए।

हाल दोस्रो बजारमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको सर्वसाधारण समुहको शेयर मूल्य ७४९ रुपैयाँ छ। साथै संस्थापक शेयर मूल्य ४७३ रुपैयाँमा कारोबार भैरहेको छ। नियम अनुसार दोस्रो बजारमा सुन्य दशमलब ५ प्रतिशत भन्दा कमको कारोबार गर्नु परेमा कम्पनीको बोर्डबाट स्वीकृति लिनु पर्छ। तर कम्पनीका अनुसार केहि लगानीकर्ताले अनुमति लिए पनि ठुलो संख्यामा अनुमति लिएको पाइदैन।

हाल ब्रोकरको टिएमएसबाटै सजिलै कारोबार गर्न सकिने भएकाले लगानीकर्ताहरुले अनुमति लिइरहेका छैनन्। कम्पनीको संस्थापक शेयरधनीको पनि वर्गिकरण गरेर कारोबार गर्नु पर्ने बीमा समितिका एक अधिकारी बताउछन्। थोरै थोरै शेयर कारोबार गर्न कम्पनी तथा नियामक निकायबाट अनुमति लिन झण्झट पर्ने भएकाले निश्चित संख्याको शेयरधनीले मात्रै दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरि बनाउनु पर्नेमा सबैले कारोबार गर्न पाउनु संस्थागत सुशासन विपरित भएको ति अधिकारीको तर्क छ।

नियामक निकाय बीमा समिति कमजोर भएका कारण अहिलेको अवस्था आएको हो। नेपाल धितोपत्र बोर्डले बीमा कम्पनीहरुको नियामक निकाय,बीमा समितिले आवश्यक निर्देशन नदिएकाले यस्तो अवस्था आएको आरोप लगाएको छ। बोर्डले पनि यो कारोबारका लागि कुनै लिखित निर्देशन तथा पत्र काटेको देखिदैन। यस विषयमा बोर्डका उच्च अधिकारी पनि खुल्न चाहिरहेका छैनन्।

कम्पनी तथा बीमा समितिले संस्थापक शेयरधनीको कारोबारका लागि छुट्टै मापदण्ड नबनाएकाले कारोबार गराइएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बताए। दोस्रो बजारमा सर्वसाधारण लगानीकर्ताले कारोबार गर्दा पुँजी बजार चलायमान हुन्छ तर नियम विपरित कारोबार गर्दा अन्य कम्पनीहरुले पनि आवाज उठाउन सक्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS