IME Life
Beema Board

बीमा समितिको अध्यक्ष चयन थप पेचिलो बन्दै, मन्त्रालयले थाल्यो छलफल

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिको रिक्त अध्यक्ष पदमा नियुक्ती अन्तिम चरणमा पुग्नै लाग्दा थप पेचिलो बन्दै गएको देखिएको छ । बीमा समितिमा अध्यक्ष नहुँदा दैनिक कार्य सम्पादनहरु प्रभावित बन्दै गएपछि सरकारले छिट्टै नयाँ अध्यक्ष नियुक्त गर्ने तयारी सुरु गरेको छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार बीमा समितिमा कसलाई अध्यक्ष बनाउने भन्ने सम्बन्धमा प्रारम्भिक छलफल भएको छ । अध्यक्ष नियुक्तीको सम्बन्धमा भने केही बताइएको छैन ।

Prabhu
Crest

बीमा समितिको अध्यक्ष बन्न अन्तिम सूचिमा लक्ष्मी प्रपन्न निरौला, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र राष्ट्र बैंककै पूर्व निर्देशक कल्याणबन्धु अर्याल रहेका छन् । यस बाहेक बीमा समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान कार्कीसहितका झण्डै एक दर्जन व्यक्तिहरुले पहल गरिरहेका छन् । यस पटक बीमा समितिको अध्यक्ष बाहिर नाम कमै चर्चा भएको व्यक्तिले समेत पाउन सक्ने सम्भावना देखिएको स्रोतले जनाएको छ ।

बीमा समितिको अध्यक्ष पदमा बीमा सम्बन्धी ज्ञान भएको व्यक्तिलाई अर्थमन्त्रालको प्रस्तावमा मन्त्रिपरिषदले सिधैं नियुक्त गर्न सक्ने व्यवस्था छ । सो अनुसार प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री निकट व्यक्तिले बीमा समितिको अध्यक्ष पदमा नियुक्त लिने विश्वास गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS