IME Life
Beema Board

समुन्द्रमा खसेको २२ घण्टापछि श्रीविजया एयरलाइन्सको अवशेष भेटियो, अर्बौ रुपैयाँ बीमा दावी पर्ने

SPIL
NIC ASIA

काठमाडौं । ६२ सवार इन्डोनेसियाको श्रीविजया एयरलाइन्सको जहाज दुर्घटनामा सबैको मृत्यु भएको आशंका गरिएको छ । जकार्तास्थित विमानस्थलबाट उडेको केहीबेरमै सम्पर्क बिच्छेद भएको इन्डोनेशिन एयरलाइन्सको बोईङ ७३७ जहाजको अवशेषहरु फेला परेको इण्डोनेसियाको दि जकार्ता पोष्टले जनाएको छ ।

समुन्द्रमा खसेको विश्वास गरिएको उक्त जहाजको खोजी कार्य तीव्र गतिमा भइरहेको इन्डोनेसिया सरकारले जनाएको छ । इण्डोनेसिया सरकारले बुगुस पुरुहितो नामक एयरमार्शलाई उक्त जहाज खोजीमा परिचालन गरेको जनाएको छ ।

Prabhu
Crest

२७ वर्ष पुरानो श्रीविजया एयरलाइन्सको जहाज जकार्ता विमानस्थलबाट स्थानीय समय अनुसार शनिबार अपरान्ह १४ः३६ बजे उडेको थियो । उडेको ४ मिनेटमै सम्पर्क बिच्छेद भएको जहाज जकार्ता नजिकै समुन्द्रमा खसेको स्थानीय प्रत्यक्षदर्शीहरुले देखेको बताएका छन् । जकार्ताबाट पोन्टिनकको लागि उडेको उक्त जहाज १० फिटमाथि आकाशमै बिस्फोट भएको स्थानीय प्रत्यक्षदर्शीलाई उध्रित गर्दै विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

एसवाईजे १८२ कलसाईन भएको जहाज ९० मिनेटको दुरीमा आन्तरिक उडानमा रहेको थियो । फ्लाईट राडारका अनुसार उडेको केही मिनेटमा जहाज १० हजार ९०० फिटमाथि हुँदा २८७ किलोनटको गतिमा अघि बढिरहेको थियो । एक्कासी जहाजको उचाई र गति दुवै घटेर एक मिनेटमा १० हजार फिट तल झरेको थियो । जहाज रुट छोडेर दाहिनेतर्फ मोडिएको फ्लाईट राडारमा देखिएको छ ।

पछिल्लो अपडेट अनुसार खोजीकर्ताहरुले उक्त जहाज दुर्घटनास्थल पत्ता लगाएर केही अवशेषहरु भेटेको जनाएका छन् । इण्डोनेसियाली सञ्चार माध्यमहरुका अनुसार जहाजका केही विद्युतीय उपकरणका टुक्राहरु भेटिएको जनाएका छन् ।

उक्त जहाज दुर्घटनापछि अर्बौ रुपैयाँको दावी भुक्तानी गर्नुपर्ने भएको छ । ६२ जनाको बीमा बापतको दावी भुक्तानी तथा जहाजमा क्षतिको दावी सहित कम्तीमा दुई अर्ब रुपैयाँ भन्दा बढि दावी पर्ने देखिएको छ । हवाई दुर्घटना पुनर्बीमा तथा बीमा कम्पनीहरुमाथि ठूलो भार पर्ने जोखिम हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS