IME Life
Beema Board

मुनाफाको आधारमा राष्ट्रिय बीमा कम्पनी अग्रस्थानमा, अन्य कम्पनीहरुको अवस्था कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा निर्जिवन बीमा कम्पनीहरुले ३ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । गत बर्षको सोही अवधिमा निर्जिवन बीमा कम्पनीहरुले २ अर्ब ८३ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका थिए । गत बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको नाफा ८ प्रतिशतले बढेको छ ।

बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा २० वटा निर्जिवन बीमा कम्पनीहरुमध्ये १८ कम्पनीहरुले चैत मसान्तसम्म प्रकाशन गरेको वित्तीय विवरण अनुसार कूल तीन अर्ब ६ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् ।

Prabhu
Crest

मुनाफाको आधारमा राष्ट्रिय बीमा कम्पनी सबैभन्दा पहिलो कम्पनी बन्न सफल भएको छ । कम्पनीले चैत मसान्तसम्ममा ५३ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधीमा ५८ करोड ४८लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा भने कम्पनीको खुद मुनाफा ९ प्रतिशतले घटेको छ ।

त्यस्तै, मुनाफाकै आधारमा दोस्रो कम्पनी बन्न सफल भएको ओरियन्टल इन्स्योरेन्सले ३७ करोड २५ लाख ५८ हजार रुपैयाँ मुनाफा देखिएको छ । शिखर इन्स्योरेन्सले चैत मसान्तसम्म्मा ३६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जएन गर्न सफल भएको थियो कम्पनीको नाफा गत बर्षको तुलनामा ७ प्रतिशतले बढेको छ । त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीको नाफा ४ प्रतिशतले घटेर २४ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।नेको इन्स्योरेन्सले २४ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

आइपीओ आउने तरखरमा रहेका तीन नयाँ कम्पनीको खुद नाफाको अवस्था

आईपीओको आउने तरखरमा रहेका नयाँ तीन निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने कम्पनी अजोड इन्स्यारेन्स रहेको छ । बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार चैत मसान्तसम्ममा कम्पनीले ३ करोड ७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

गत बर्षको सोहि अवधिममा कम्पनीले २ करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको मुनाफा आर्जन ४२ प्रतिशतले बढेको हो ।त्यस्तै, जनरल मुनाफा आर्जन ४२ प्रतिशतले बढेर २ करोड ८९ लाख रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सको मुनाफा आर्जन ८ प्रतिशतले बढेर २ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS