IME Life

बीमा पोलिसी धितोमा ऋण लिने बीमितलाई सहुलियत दिने बीमा समितिको निर्णय

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले बीमा पोलिसी धितोमा लिएको ऋणको ब्याजमा भारी छुट दिने घोषणा गरेको छ । समितिले आज एक निर्देशन जारी गर्दै बीमा पोलिसी धितोमा लिएको ऋणको ब्याज भुक्तानीका लागि बिशेष सुविधा व्यवस्था गरेको हो । प्रत्येक तीन महिना र छ महिनामा बुझाउनुपर्ने ब्याज अब लकडाउन सकिएको एक महिनाभित्रमा भुक्तानी गर्न सकिने छ । साथै लकडाउन अवधीभर वा लकडाउन सकिएको ३० दिनभित्र त्यस्तो ब्याज भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने भएको छ ।

बीमा समितिले जीवन बीमा गरेका बीमितहरुलाई प्रत्यक्ष राहत पुग्ने गरी यस्तो निर्देशन जारी गरेको हो । आज जारी निर्देशनपछि बीमितहरुले नेपालका १९ वटा कम्पनीमा आफ्ना बीमा पोलिसी धितोराखी लिएको ४० अर्ब ऋणमा लाग्ने ब्याजमा १५ प्रतिशत छुट पाउनेछन् । ३० दिनभन्दा पछाडि भुक्तानी गरेमा भने ब्याज छुट पाइने छैन र थप जरिवना समेत लाग्नेछ ।

Prabhu
Crest

त्यस्तै बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले आजै जारी निर्देशनमा बीमा कम्पनीहरुले गर्न तालिमहरु अनलाईनमार्फत आयोजना गर्न सक्ने गरी व्यवस्था गरेको जनाइएको छ । त्यस्तै, बीमकले व्यवस्थापन खर्च घटाउने सम्बन्धी कुनै योजना बनाएर पेश गरेमा बीमा समितिले स्वीकृत गर्नसक्ने जनाएको छ । त्यस्तै, बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६ बमोजिम अनलाईनबाटै बीमालेख बिक्री गर्न चाहेमा बीमा समितिले अनुमति दिनसक्ने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS