IME Life
Beema Board

शिखर इन्स्योरेन्सले ७३ जिल्लाका नागरिकको गरायो कोरोनाभाइरस बीमा

SPIL
NIC ASIA


काठमाडौं । शिखर इन्स्यारेन्सबाट सर्वाधिक जिल्लाका नागरिकहरुको कोरोनाभाइरस बीमा भएको छ । कोरोनाभाइरस बीमाको सुरुवात भएको  १ महिनामै ७३ जिल्लाका नागरिकहरुले शिखर इन्स्योरेन्सबाट कोरोना भाइरस बीमा गराएका छन ।

नेपालमा सबैभन्दा बढी शाखा संजाल रहेको शिखर इन्स्योरेन्सको शाखाहरुमध्ये ८४ वटा शाखाहरुबाट ७३ जिल्लाका २७,२२५ नागरिकहरुको कोरोनाभाइरस बीमा भएको छ । सल्यान, मनाङ, जाजरकोट र अछाम जिल्ला बाहेक नेपालका अन्य सम्पूर्ण जिल्लाहरुमा शिखर इन्स्योरेन्सको कोरोना भाइरस बीमा सेवाको पहुँच पुगिसकेको  कम्पनीले जनाएको छ ।

Prabhu
Crest

शिखर इन्स्योरेन्सले २०७७ जेष्ठ ६ गते सम्म २,६९१ बीमालेख जारी गरी रु.१ करोड ५० लाख भन्दा बढीको कोरोना भाइरस बीमाशुल्क संकलन गरेको र बीमालेख संख्यामा २७ प्रतिशत बजार हिस्सा रहेको जनाइएको छ ।

अनलाइन प्रणालीबाट कोरोनाभाइरस बीमा जारी गर्नेतर्फ समेत कम्पनी अग्रणी स्थानमा रहेको छ । हालसम्म  अनलाइन सेवाबाट ७०० भन्दा बढी कोरोनाभाइरस बीमालेख  जारी भएको  कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS