IME Life
Beema Board

मोटरबीमा पोलिसीमा लकडाउन अवधी बराबर छुट दिन बीमा समितिको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले मोटर बीमा पोलिसीमा लकडाउन अवधीको बीमा शुल्क छुट दिने निर्णय गरेको छ । समितिले आज एक निर्देशन जारी गर्दै लकडाउन अवधीभरको बीमा शुल्क आगामी वर्षको बीमा नविकरणमा छुट दिन निर्देशन दिएको हो ।

यसबाट लाखौं सवारी साधनले राहत पाउने भएका छन् । यस्तो सुविधा तेस्रो पक्ष, यात्रु तथा कर्मचारीसहित सम्पूर्ण मोटरबीमाका बीमितले पाउनेछन् । निर्देशिका अनुसार मोटरबीमाको छुट सुविधा भने आगामी वर्ष नविकरण गर्दा मात्रै प्राप्त हुनेछ ।

Prabhu
Crest

समितिले निर्जिवन बीमा कम्पनीहरुलाई लकडाउन भएको मितिदेखि सरकारले लकडाउन हटाएको समयसम्म ‘ले–अप’ समय कायम गर्न निर्देशन दिँदै त्यस्तो अवधी बराबरको बीमा शुल्कमा छुट दिन निर्देशन जारी गरेको हो । लेअप समय विदेश जाँदा पूर्व सूचना दिएर बीमाको समयवाधी बढाउन पाइने छुट सुविधा हो । बीमा समितिको निर्देशन अनुसार लकडाउन सम्बन्धी नेपाल सरकारको निर्णयलाई लेअपका लागि पूर्व सूचना दिए सरह मान्यता दिँदै यस्तो सुविधा दिन निर्देशन जारी गरेको हो ।

समितिले सवारी साधनको कुल बार्षिक बीमाशुल्कको एक तिहाई रकम थन्किएको अवस्थाका जोखिम कट्ट गरी बाँकी दुई तिहाई रकममा समानुपातिक रुपमा छुट दिन निर्देशन जारी गरेको छ । त्यस्तै, सवारी साधन बीमाको जविकरण गर्दा बीमाशुल्क समायोजन गर्न र बीमीतलार्ई छुट रकमको प्रमाण पत्र समेत प्रदान गर्न आग्रह गरेको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँर्ईले बीमितलाई कोरोना महामारीमा छुट दिन यस्तो निर्देशन जारी गरिएको बताए । जुनसुकै बीमा कम्पनीमा बीमा गर्दा पनि कोरोना महामारीमा थन्किएको अवधीको प्रमाणपत्रको आधारमा अर्को कम्पनीले समेत छुट दिने व्यवस्था गरिएको बीमा समितिका अध्यक्ष चापागाँईले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS