IME Life
Beema Board

निर्जिवन बीमाशुल्क आर्जन १३ प्रतिशतले बढ्यो, शिखर पहिलो सगरमाथा इन्स्योरेन्स दोस्रो (तथ्याङ्क सहित)

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा निर्जिवन बीमा कम्पनीहरुले १८ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १३ प्रतिशतले बढेको कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ । गतबर्षको सोहि अवधिमा निर्जिवन बीमा कम्पनीहरुले १६ अर्ब ९० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा २० वटा निर्जिवन बीमा कम्पनीहरुमध्ये १८ कम्पनीहरुले चैत मसान्तसम्ममा १८ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

Prabhu
Crest

निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जनमा शिखर इन्स्यारेन्सको अग्रता कायमै

निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा २ अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधीमा दुई अर्ब ५० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन ४ प्रतिशतले बढेको छ ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा एक अर्ब ७० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा एक अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन ७ प्रतिशतले बढेको हो ।

तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले एक अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन १४ प्रतिशतले बढेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको बीमाशुल्क आर्जन १ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो ।

नयाँमा अजोड अगाडि

नयाँ तीन निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी अजोड इन्स्यारेन्स रहेको छ । बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार चैत मसान्तसम्ममा कम्पनीले ६० करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिममा कम्पनीले २५ करोड ४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन १४२ प्रतिशतले बढेको हो ।
त्यस्तै, जनरल इन्स्योरेन्स बीमाशुल्क आर्जन १०३ प्रतिशतले बढेर ४१ करोड ६१ लाख रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन १८० प्रतिशतले बढेर २६ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS