IME Life
Beema Board

शिखर इन्स्योरेन्सबाट ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण

SPIL
NIC ASIA


काठमाडौं । कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि नेपाल सरकारको निर्णय बमोजिम बन्दाबन्दीको समयमा समेत अत्यावश्यक सेवा तथा उद्योगहरुले आ-आफ्नो व्यवसाय संचालन गर्नु पर्ने अवस्थामा सोको लागि उपयोग गरिने सवारीसाधनहरुको नियमन तथा अन्य सवारीसाधनकोे प्रयोगको नियन्त्रण तथा सुचारु रुपमा सवारी साधनहरुको व्यवस्थापन गर्न ट्राफिक प्रहरीको महत्वपूर्ण भुमिका रहने र ट्राफिक प्रहरी कोरोना भाइरस सक्रमणको जोखिममा समेत पर्न सक्ने कारण काठमाण्डौ उपत्यकामा खटिने करिब १,५०० ट्राफिक प्रहरीको व्यक्तिगत स्वास्थ्य सुरक्षाको लागि शिखर इन्स्योरेन्सले  महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु प्रदान गरेको  छ ।

शिखर इन्स्योरेन्सले  महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी  भिम प्रसाद ढकालको  रोहबरमा महाशाखालाईलाई १,५०० थान फेस शिल्ड, १,५०० थान सेफ्टी गगल्स, १,५०० थान केएन९५ मास्क, ५,००० थान सर्जिकल मास्क र १५० लिटर (३०० बोटल) सेनिटाइजर प्रदान गरेको छ ।

Prabhu
Crest

विश्वव्यपी रुपमा फैलिरहेको कोरोना भाइरसको सक्रमण नियन्त्रण कार्यमा ट्राफिक प्रहरीको महत्वपुर्ण भुमिका रहने हुँदा उहाँहरुको व्यक्तिगत सुरक्षाको लागि तथा उहाँहरुलाई हौसला प्रदान गर्न यी स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले बताए । शिखर इन्स्योरेन्सबाट प्रदान गरिएको स्वास्थ्य सुरक्षा सामाग्रीहरु महानगरीय ट्रफिक प्रहरी महाशाखाको मातहतमा रहेका करिब १,५०० ट्राफिक प्रहरीहरुलाई आवश्यक रहेको र यसले निजहरुको सुरक्षा र मनोबलमामा महत्वपूर्ण योगदान पुग्न सक्ने एसएसपी भिम प्रसाद ढकालले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS