IME Life
Beema Board

अजोड, सानिमा र जनरल इन्स्योरेन्सलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स नयाँ निर्जीवन बीमा कम्पनीहरु हुन् । तीन निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । कुल बीमा शुल्क आर्जन, खुद मुनाफा, बीमा कोषमा अजोड इन्स्योरेन्स अघि देखिएको छ भने खुद बीमा शुल्क आर्जनमा जनरल इन्स्योरेन्स अघि देखिएको छ भने जगेडाकोषमा सानिमा जनरल इन्स्योरेन्स अघि देखिएको छ। अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा इन्स्योरेन्स कम्पनीलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन:

Prabhu
Crest

 

चुक्ता पूँजीको आधारमा :
तीनै वटा निर्जीवन बीमा कम्पनीको पुँजी ७० करोड रुपैयाँ छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य दिएकोमा तीनै कम्पनीले ३० प्रतिशत शेयर सर्वसाधारणलाई दिएर १ अर्ब पुँजीको लक्ष्य हासिल गर्ने छन् ।

जगेडा कोषको आधारमा :
जगेडा कोषमा सानिमा जनरल इन्स्योरेन्स अघि छ । सानिमा जनरल इन्स्योरेन्सको जगेडा कोषमा ३ करोड ७८ लाख संचित छ भने जनरल इन्स्योरेन्सको जगेडामा ३ करोड ७६ लाख रुपैँया छ भने अजोड इन्स्योरेन्सको जगेडा कोषमा ३ करोड ३४ लाख रुपैँया संचित छ ।

बीमा कोषको आधारमा:
बीमा कोषमा अजोड इन्स्योरेन्स अघि छ । अजोड इन्स्योरेन्सको बीमा कोषमा ४ करोड ८१ लाख छ भने जनरल इन्स्योरेन्सको बीमा कोषमा ४ करोड ११ लाख छ त्यस्तै सानिमा जनरल  इन्स्योरेन्सको बीमा कोषमा ४ करोड ४१ लाख  रुपैयाँ संचित छ ।

कुल बीमा माशुल्क आर्जन रकमको आधारमा :
चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म अजोड इन्स्योरेन्सले ६० करोड ६३ लाख कुल बीमा शुल्क आर्जन गरको छ भने जनरल इन्स्योरेन्सले ४१ करोड ६१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा जनरल इन्स्योरेन्सले २६ करोड ३३ लाख कुल बीमा शुल्क आर्जन गरको छ ।

खुद बीमा माशुल्क आर्जन रकमको आधारमा :
खुद बीमा शुल्क आर्जनमा जनरल इन्स्योरेन्स अघि छ। जनरल इन्स्योरेन्सले १९ करोड ५० लाख खुद बीमा शुल्क आर्जन गरेको छ भने अजोड इन्स्योरेन्सले १८ करोड ५० लाख खुद बीमा शुल्क आर्जन गरको छ र सानिमा इन्स्योरेन्सले ९ करोड ४३ लाख खुद बीमा शुल्क आर्जन गरको छ ।

 

खुद नाफाको आधारमा: 
खुद नाफाको आधारमा अजोड इन्स्योरेन्स अघि छ । यो ९ महिनाको अवधिमा अजोड इन्स्योरेन्सले ३ करोड ५१ लाख खुद नाफा गरेको छ भने जनरल इन्स्योरेन्सले ३ करोड ०७ लाख खुद नाफा गरेको छ र सानिमा जनरल इन्स्योरेन्सले २ करोड ८९ लाख खुद नाफा गरेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS