IME Life
Beema Board

बीमा समितिद्वारा कोरोनाले निर्जिवन बीमामा पारेको असरबारे अध्ययन गर्न कार्यदल गठन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले निर्जिवन बीमा क्षेत्रमा कोरोनाले पारेको प्रभाव तथा बीमितहरुलाई राहत दिने सम्बन्धमा आवश्यक अध्ययन गरी सिफारिस गर्न कार्यदल गठन गरेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सका सिईओ नूर प्रकाश प्रधानको संयोजकत्वमा गठित कार्यदलले कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा नेपाली बीमा क्षेत्रमा पारेको असरबारे अध्ययन सुरु गरेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सका सिईओ प्रधानसहित सदस्यहरुमा सगरमाथा इन्स्योरेन्सका सिईओ चंकी क्षेत्री, एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल पन्त तथा अजोड इन्स्योरेन्सका सिईओ कुमार खत्री रहेका छन् ।

Prabhu
Crest

सो कार्यदलले कोरोना महामारीका कारण जारी लकडाउन, त्यसले नेपाली अर्थतन्त्रमा पार्ने प्रभाव तथा समग्रस्थितिले नेपाली बीमा क्षेत्रमा पार्ने प्रभाव, अन्तर्राष्ट्रिय अभ्यासकाबारे अध्ययन गर्ने बीमा समितिले जनाएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले नेपालमा कोरोनाले पारेको प्रभाव र अन्तर्राष्ट्रिय अभ्यास समेतको आधारमा अध्ययन गरी सुझाव पेश गर्न कार्यदल गठन गरिएको जानकारी दिए ।

सो कार्यदलले आफ्नो काम सुरु गरिसकेको छ । साथै सो कार्यदलले बीमितलाई राहत दिने सम्बन्धमा छलफल अघि बढाएको छ । गत बैशाख २१ गते गठित कार्यदलले समग्र अवस्थाको बारेमा अध्ययन गरिरहेको जनाइएको छ । कार्यदलका संयोजक प्रधानले विभिन्न कोणबाट छलफलहरु चलिरहेको जनाए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS