IME Life

सरकार, निजि क्षेत्र र जनताको साझा बन्दैछ बीमा

SPIL
NIC ASIA

बीमा कम्पनीहरुले जम्मा गरेको पैसामा बैंकरहरुले उपयोग गरेर पर्याप्त मात्रामा मुनाफा आर्जन गर्ने । काम गर्ने कालु, माम खाने भालु भन्ने उखान झै लामो समय नेपालका बीमा कम्पनीहरु देशको अर्थतन्त्रमा ठूलो योगदान भएर पनि अध्यारो कुनामा चुपपास बसे । बिस्तारै बीमाको दायरा फराकिलो हुँदैछ, बीमा क्षेत्रको नियमनको लागि बीमा प्राधिकरण प्राधिकरण गठन गरी प्रभावकारी नियमन गर्ने विधेयक आजैबाट संसदमा अघि बढ्दैछ भने बीमा कम्पनीहरुको योगदानबारे बल्ल चर्चा हुन थालेको छ ।

४० वटा बीमा कम्पनीहरुले आधा खर्बभन्दा बढि लगानी गरेका छन् भने झण्डै तीन खर्व कोषमा राखेर राज्यलाई परेको बखत हामी छौं भन्दै आड भरोसा समेत दिन पछि परेको छैन । कुनै समय बैंकको मात्रै बर्चस्व रहेको नेपाली बजारमा अब बीमाको क्षेत्र पनि फराकिलो बन्दै गएको छ । बीमा कम्पनीहरुले धमाधम आफ्नो व्यापार बढाउदै आएका छन् ।

Prabhu
Crest

नेपालमा बीमा कम्पनीहरुको कूल संख्या ४० रहेको छ । पछिल्लो समय बीमाको पहुँच २७ प्रतिशत (वैदेशिक रोजगार बीमा सहित गरेर ) पुगेको बीमा समितिको भनाई छ । तर अझै पनि ग्रामिण भेगका जनता बीमाको पहुँचमा आउन सकेका छैनन् ।

बीमाको दायरा जति फराकिलो बन्दै गएको छ, त्यत्रि नै बीमा साक्षरताको आवश्यकता महसुस गरिएको छ । बीमाले मानिसहरुमा आइपर्ने जोखिमको सुरक्षा गर्नुको साथै आर्थिक विकासका लागि टेवा दिने काम पनि गर्दछ । बीमा गर्दा जोखिम हस्तान्तरण मात्र नभएर बचत पनि भएको हुन्छ ।

त्यस्तै, निर्जीवन बीमामार्फत बैंकहरुको लगानीको सम्पूर्ण जोखिम बीमा कम्पनीहरुले बहन गर्ने हुँदा बैंकहरु निर्धक्क हुन सकेका छन् । बैंक वित्तीय संस्था, सरकार अनि जनतालाई निर्धक्क बनाउने बीमा साँच्चै आम जनताको दैनिकीसँग प्रत्यक्ष जोडिन पुगिसको छ ।

घर, गाडीको सुरक्षाको लागि बीमा अनिवार्य छ । त्यस्तै, बैंक वित्तीय संस्थाले गर्ने लगानीको पनि सुरक्षा खोज्नु जरुरी हुन्छ । त्यस्तै सरकारले जनताको स्वास्थ्य लगायतका अन्य आधारभूत कुराको ग्यारेन्टी बीमामार्फत खोज्न थालेपछि अब बीमा सरकार, निजि क्षेत्र र जनता सबैको साझा हुन पुगेको छ ।

बीमा साक्षरतालाई सामान्यतय बचत, लगानी र जोखिम हस्तान्तरण लगायत विभिन्न पद्धतिको विषयमा जानकारी दिने शिक्षाको रुपमा लिइन्छ । विगतका दिनदेखि नै बैकिङ क्षेत्रमा वित्तीय साक्षरता शब्द मात्र चर्चामा रहेकोमा पछिल्लो समय बीमा साक्षरता शब्दले पनि नेपाली बीमा बजारमा निकै चर्चा कमाएको छ । बीमा साक्षरतालाई अत्यन्त महत्वपूर्ण रुपमा हेरिएको छ । सरकारी तबरबाट पनि बीमा साक्षरता सम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालित छन् ।

बीमा साक्षरताको मुल उद्देश्य भनेको जनतालाई बीमा कम्पनी तथा बीमा क्षेत्रमा लागु भएका विभिन्न सेवा तथा सुविधाको बारेमा जानकारी गराउँदै ती सेवा लिन उत्प्रेरित गराउनु हो । यसले देशको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्छ । बीमाले मानिस लगायत आफ्नो धन सम्पत्तिको समेत रक्षा गर्दछ भन्ने थाहा हुँदा हुँदै पनि त्यस प्रति मानिसहरुको चासो निकै कम देखिएको छ । जसको मूख्य कारण भनेको बीमा चेतनाको कमी हो ।

त्यस्तै, यूवावर्ग लगायत समग्र विकासका लागि बीमा साक्षरता अभिवृद्धिलाई प्राथमिकता दिनु, स्कूल कलेजका पाठ्यक्रम एवं पाठ्यपुस्तकमा बीमा साक्षरता सम्बन्धी विषयले प्राथमिकता पाउनु, आमसञ्चार माध्यमबाट यस विषयलाई विशेष महत्वका साथ प्रशारण, प्रकाशन भएबाट बीमाबारे चर्चा अब बीमा बाहिर पनि हुन थालेका छ । यसलाई एउटा अभियानकै रूपमा सञ्चालन, विस्तार र प्रवद्र्धन गर्नाले पनि बीमा साक्षरता मुलुकको सर्वाङगीण विकाससँग जोडिएको रहेछ भन्ने कुराको संकेत गराउछ ।

मानिसहरुको जीवनमा धेरै जोखिम हुन्छ कति बेला के हुन्छ भन्ने भर नै हुदैन । जति सुकै मानिसहरुको धन सम्पित्त भए पनि त्यसको बीमा भएन भने भोलि जे पनि भइपरि आउन सक्छ । बीमा भनेको मानिसहरुको दुखमा साथ दिने साथी हो । साथै मानिसले बीमा शिक्षा साधनको उपयोग र बचत गर्ने सीप प्राप्त गरी कमाउने, बचाउने, खर्च गर्ने, ऋण लिने र लगानी गर्ने , भइपरि आएको खण्डमा जोखिमको सुरक्षा लिने जस्ता कार्यहरू सम्पादन गर्न आवश्यक पर्दछ ।

बीमा साक्षरताले विभिन्न वित्तीय उपकरणहरूको उपयोग, सीमाबारे जानकारी प्रदान गर्दछ । देखासिकी, फजुल खर्च र बनावटी तडकभडकले आर्थिक अवस्थामा नकारात्मक प्रभाव पार्दछ । त्यसकारण बीमा साक्षरताले यस्ता नकरात्मक प्रभाव पार्नबाट पनि बचाउछ ।

पछिल्लो समय जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा, बीमक संघ, पेशागत बीमा अभिकर्ता संघ लगायतका विभिन्न संस्थाहरुले बीमा साक्षरता सम्बिन्धि विविध कार्यक्रमहरु संचालन गर्दै आएका छन् । जसले गर्दा बीमा साक्षरताको महत्व तथा आम जनमानसमा बीमा साक्षरता सम्बन्धी ज्ञाण झन बृद्धि हुँदै आएको छ भने आर्थिक विकासका लागि पनि बीमा साक्षरताले टेवा पुर्याउन मद्दत गने हुँदा बीमा मानव जीवनका लागि निकै महत्वपूर्ण छ भने बीमा साक्षरता अर्थात बीमा शिक्षा अपरिहार्य हुन आएकोतर्फ सबैको ध्यान जानु आवश्यक छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS