काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थापक समूहको केही शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्ने स्वीकृतीका लागि बैंकमा निवेदन दिएका छन् ।
शेयर खरिदका इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ ।
उक्त शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा मात्र अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने जनाएको छ ।