काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को लागि हालसम्म १२ वटा बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । हालसम्म ७ वटा जीवन बीमा कम्पनी र ५ वटा निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका हन् । जीवन बीमातर्फ नेशनल लाइफ, सानिमा रिलायन्स लाइफ, प्रभु महालक्ष्मी लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, नेपाल लाइफ र सिटिजन लाइफले लाभांश घोषणा गरेका हन् भने निर्जीवन बीमातर्फ नेपाल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स हुन् ।
यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन् ।
निर्जीवन बीमा कम्पनी
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले २५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन् ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स
यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन् ।
नेपाल इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ६ दशमलव ३१५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ६ दशमलव ३१५८ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन् ।
शिखर इन्स्योरेन्स कम्पनी
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ६ दशमलव ३१५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ६ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन् ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन् ।
जीवन बीमातर्फ लाभांश घोषणा गर्ने कम्पनीहरु
आइएमई लाइफ इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १० दशमलव ५२६३ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको हो ।
लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले यही पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्। पुस १० गते क्रिसमस डेको सार्वजनिक बिदा रहेको छ।
नेपाल लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ५ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी २१ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस ७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
सिटिजन लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने भएको छ । यसकारण पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
सन नेपाल लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ५ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि १५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
नेशनल लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १२ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ४ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन् ।
सानिमा रिलायन्स लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १० दशमलव १७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १० दशमलव १७८ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन् ।
प्रभु महालक्ष्मी लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ८ दशमलव ४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ४ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ४ दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन् ।
लाभांश घोषणा गरेका बीमा कम्पनीहरुले यस आर्थिक वर्षमा बोनश शेयरलाई भन्दा पनि नगद लाभांशलाई जोड दिएको पाइएको छ ।












