IME Life New

मेट लाइफ इण्डियाले जागिरेका लागि ल्याएको म्यादी बीमामा के छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमक, पीएनबी मेटलाइफ इन्डिया इन्स्योरेन्स कम्पनीले तलबी कर्मचारीहरूका लागि म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ।

विशुद्ध अनलाइन प्ल्याटफर्म डिजिटल माध्यमबाट मात्र खरिद गर्न सकिने सुविधा भएको यो बीमा योजनालाई पीएनबी मेटलाइफ डिजीप्रोटेक्ट अवधि योजना नामाकरण गरिएको छ।

Esewa
Crest

बिहीबार कम्पनीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, यो बीमा उत्पादन पोलिसीबजारसँगको साझेदारीमा पूर्ण डिजिटल प्लेटफर्म मार्फत बिक्री गरिंदैछ। पोलिसीबजार डट कम भारतमा डिजिटल माध्यमबाट बीमालेख बिक्री गर्ने वितरक तथा बीमा मध्यस्थतकर्ता कम्पनी हो।

पीएनबी मेटलाइफले डिजिटल-फर्स्ट दृष्टिकोणले पहुँचलाई सरल बनाउँछ। यो योजना दोश्रो र तेश्रो श्रेणीका शहरी क्षेत्रका जागिरेहरूलाइ लक्षित गरिएको छ।

कम्पनीले योजनाको मुख्य विशेषताहरूमा, यसले जीवन सुरक्षा प्रदान गर्ने, रोग लागेको अवस्थामा उपचार खर्च, बीमा परिपक्वता अघि बीमालेख रद्द गर्ने सुविधा, र कुनै अतिरिक्त लागत बिना नै बीमाशुल्क वापतको रकम फिर्ता लिने विकल्प छन् ।

यसबाहेक निश्चित शर्तहरूको अधीनमा, एक वर्षको लागि प्रिमियम भुक्तानी स्थगन गर्ने र एक वर्षपछि बीमालेख पुनः चालू गर्ने लचिलोपन समावेश छ। यसैगरी यो बीमा योजनालाई अझ  किफायती बनाउन पहिलो वर्षको बीमाशुल्क छुट र अन्य सुविधा पनि समावेश गरिएको छ ।

भारतीय बजारमा प्रचलनमा ल्याइएका बीमालेख नेपालमा हुबहु नक्कल गर्ने अभ्यास रहेकाले यस्तो सुविधा सहितको बीमालेख नेपाली बजारमा पनि भित्र्याउन सके जागिरेहरूका लागि सीमित बीमाशुल्कमा ठूलो जोखिम बहनको सुविधा उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS