IME Life

विमानस्थलबाटै पक्राउ रुप ज्योतिको काण्ड के हो ?

SPIL
NIC ASIA

काठमाडौं । चर्चित व्यापारी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ । ल्याण्डमार्क हाउजिङको नाममा घर बनाउने भन्दै एक व्यक्तिसँग करोड भन्दा बढि ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । सिंगापुरबाट काठमाडौं आउने क्रममा रहेका रुप ज्योतिलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको जनाएको छ ।

रुप ज्योतिलाई पक्राउ गर्ने सम्बन्धमा सर्वोच्च अदालतले यही कार्तिक २० गते अनुमति दिएपछि बिहिवार नेपाल फर्कदै गरेका ज्योतिलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनका विरुद्धमा काठमाडौं सामाखुशी गल्खोपाखाका बिजेन्द्रकृष्ण मल्लको उजुरीमाथि अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Prabhu
Crest

नेपालका अटोमोबाईल्स, स्टील्स, बैंकिङ क्षेत्रमा लगानी रहेको छ । रुप ज्योति तत्कालिन राजा ज्ञानेन्द्र शाहले सत्ता आफ्ना हातमा लिँदाका सहायक अर्थमन्त्री समेत हुन् ।

गत वर्षदेखि परेको मुद्दामा त्यतिबेला नै जिल्ला अदालत काठमाडौंले ज्योति विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला अदालतको पक्राउ पुर्जीलाई चुनौति दिदै उनी सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले कार्तिक १८ गते पक्राउ गर्ने जिल्ला अदालतको आदेश सदर गरेको थियो । १८ गते जिल्ला अदालतको निर्णय सदर गरे इजलासको आदेशपछि कार्तिक २० गत सर्वोच्च प्रशासनले पत्र लेखेको थियो ।

यसैबीच, रुपज्योति पक्राउ परेसँगै प्रहरीले उनकी छोरीलाई समेत नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रुपज्योतिकी छोरी सुरुचि ज्योतिलाई नियन्त्रणमा लिएको हो ।

के थियो काण्ड ?
रुप ज्योतिले हाउजिङको काम गर्ने उद्देश्यले ल्याण्डमार्क हाउजिङ कम्पनी दर्ता गरेका थिए । कूल १० करोड १० हजार रुपैयाँ चुक्ता पुँजि भएको कम्पनी दर्ता गरेका थिए । तर, सो कम्पनीमा उनले ५० लाख रुपैयाँकोमात्र सेयर रहेको छ । ज्योति समूहकै अर्को कम्पनी स्याकार कम्पनी प्रालिको ९ करोड ५० लाख रुपैयाँको सेयर लगानी रहेको छ । यसअघि पनि घर दिने भन्दै रकम उठाएर ठगी गर्ने जय स्निपिङ मिल्स प्रालिको पनि सो ल्यान्डमार्क डेभलपर्समा १० हजार रुपैयाँको सेयर लगानी गरेको सूत्रको भनाई छ ।

२०७० सालमा कम्पनीले काठमाडौंको बाँसबारीमा हाउजिङ बनाउने भन्दै सर्वसधारणबाट रकम लिई घरहरुको बुकिङ सुरु गरेको थियो । अपार्टमेन्ट बनाउने बेलामा ज्योति ग्रुप र सिई कन्ट्रक्सनबीच पार्टनर सुरु भयो । सिई कन्ट्रक्सनले सो हाउजिङ निर्माण सम्पन्न गरिसकेको छ । सम्पन्न भएको घरहरु बुकिङ अनुसार हस्तान्तरण पनि भए तर मल्लको भने अल्झाएर राखियो । घरको लागि भन्दै झण्डै डेढ करोड भुक्तानी गरिसकेका मल्लले न घर जग्गा नै पाए न त रकम फिर्ता नै । मल्ललाई घर नदिए पनि सोही हाउजिङमा रुप ज्योतिले दुई रोपनीमा आफ्ना लागी भव्य बंगला समेत बनाइरहेका छन् । सूत्रका अनुसार मल्ललाई दिने भनेको जग्गामा ज्योतिले आफ्ना लागि भवन बनाइरहेका छन् ।

पीडित मल्लले २ जेठ २०७१ मा ज्योति ग्रुपमार्फत १० लाख रुपैयाँ भुक्तानी गरी ल्याण्डमार्क डेभलपर्सले काठमाडौंको बाँसबारीमा निर्माण गर्न लागेको हाउजिङमा आफ्नो क्षेत्र ‘बुक’ गराए । तर, उनले घर पाएनन् । अर्थात उनलाई ठगियो ।
सीईले हाउजिङमा हात हालेपछि मल्लले २०७१ को भदौमा थप एक करोड २६ लाख ७५ हजार रुपैयाँ बुझाए । हालसम्म कूल दुई करोड ७० लाख रुपैयाँ मल्लले बुझाइसकेका छन् । उक्त हाउजिङमा कूल २२ वटा घर निर्माण हुँदा मल्लले एउटा पनि नपाउने भनेपछि गत वर्ष प्रहरीमा मुद्दा दायर गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS