IME Life New

के होला डेपुटी गर्भनर श्रेष्ठमाथिको अभियोग ? सजिलो छैन बर्खास्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिहार सकिए लगत्तै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरणमा असहयोग गरेकाले कारवाही गर्ने विषय चर्चामा छ । अर्थमन्त्री डा. युवराज खतिवडा स्वयमले श्रेष्ठमाथि कारवाही गर्न नेपाल राष्ट्र बैंकलाई दवाव दिएको समेत चर्चा छ । श्रेष्ठमाथिको अभियोगबारे छलफल गर्न आजै नेपाल राष्ट्र बैंकको बोर्ड बैठक समेत बोलाइएको छ ।तर, डेपुटी गभर्नर श्रेष्ठमाथि आजै कारवाही होला ? दुई जना डेपुटी गभर्नर रहने नेपाल राष्ट्र बैंकमा दुवै जना डेपुटी गभर्नर राष्ट्र बैंकको बोर्ड सदस्य रहने व्यवस्था छ । सोही कारण आज बस्ने भनिएको बोर्ड बैठकमा अभियोग लागेको श्रेष्ठ समेत उपस्थिति हुने सम्भावना छ । नेपाल राष्ट्र बैंक ऐन अनुसार डेपुटी गभर्नरलाई बर्खास्त गर्न केही निश्चित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । राष्ट्र बैंक ऐनको दफा २२ अनुसार कार्यक्षमताको अभाव भएमा, मुलुकको बैंकिङ तथा वित्तीय व्यवस्थामा हानि नोक्सानी पुग्ने कार्य गरेको देखिएमा, बैंकको काम कारवाहीमा बेईमानी वा बदनियत गरेको देखिएमा नेपाल सरकार मन्त्रिपरिषदको निर्णयमार्फत पदमुक्त गर्न सकिने व्यवस्था छ ।

सोही दफामा अभियोग प्रमाणित गर्न छानविन समिति बनाउने तथा सोही समितिको सिफारिसमा मात्रै पदमुक्त हुने व्यवस्था छ । साथै अभियोग लागेका व्यक्तिलाई सफाई पेश गर्ने मौका समेत दिने भन्ने व्यवस्था कारण सरकार, अर्थमन्त्रालय वा अन्य कुनै प्रभावशाली व्यक्तिले चाहदैमा डेपुटी गभर्नर श्रेष्ठलाई सजिलै पदमुक्त गर्न सकिनै अवस्था छैन ।

Esewa
Crest

अझ डेपुटी गभर्नर श्रेष्ठ स्वयम् बोर्ड बैठकमा भाग लिन पाउने हुँदा बैठकमै आफ्नो प्रतिरक्षा गर्न पाउनेछन् । केही सञ्चार माध्यमहरुमा श्रेष्ठले आफूमाथि लागेको आरोपको खण्डन गर्दै गभर्नर हुन नदिन तथा अर्का डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले चलाएको निराधार हल्ला भएको प्रतिक्रिया दिएका छन् ।

चिन्तामणि सिवाकोटी समेत सोही आजको बोर्ड बैठकमा भाग लिने हुँदा दुई जना डेपुटी गभर्नरका बीचमा कडा टक्कर पर्ने देखिएको छ । उता, डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी आजै विहान मात्रै काठमाडौं ओर्लिएका छन् । क्यानाडा पुगेका सिवाकोटीले भने पछिल्लो पटक विकास भएको घटनाक्रमबारे अनभिज्ञता दर्शाएका छन् । इन्स्योरेन्स खवरसँग संक्षिप्त प्रतिक्रिया दिँदै सिवाकोटीले भने, ‘मलाई केही थाहा छैन, भर्खरै काठमाडौं ओर्लदैछु ।’

त्यसो त राजनीतिक रुपमा समेत गभर्नर डा. चिञ्जीवी नेपालले डेपुटी गभर्नर श्रेष्ठको बचाउ गर्ने सम्भावना छ । नेपाल र श्रेष्ठ कांग्रेसको कोटामा उक्त पदमा पुगेका हुन् । कार्यदल बनाउनु पर्ने, कार्यदलले माथि उल्लेखित मध्येका कसुर गरेको प्रमाण प्रतिवेदनमा पेश गर्नुपर्ने र सफाईको मौका इत्यादि कारणले डेपुटी गभर्नर श्रेष्ठमाथि लागेको अभियोगमा तत्काल अर्थात आजै कारवाही हुने सम्भावना कम देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS