IME Life
Beema Board

१८ बैंकको एटिएम ध्वस्त पारेपछि नेप्स संकटमा, प्रभु बैंकका भट्टचनले भित्राए ‘कन्ट्याक्टलेस कार्ड’

SPIL
NIC ASIA

काठमाडौं । गत भदौं १४ गते एकाएक १८ वटा बैंकको नेटवर्क गरिरहेको नेप्सको सिष्टम ह्याक भएपछि अबरुद्ध बैंकिङ कारोबार अझै सहज बन्न सकेको छैन । एमपिओस अर्थात भिषा कार्डमार्फत सामान खरिद गर्ने पक्रिया अझै सुचारु भइसकेको छैन भने इन्टर बैंक एटिएम समेत सुचारु हुन सकेको छैन ।

ह्याकरहरुको सिकार भएको नेप्स गम्भिर संकटमा फसेको छ । एकातिर सिष्टम चलाउन सकेको छैन भने अर्कोतर्फ नेप्सको मुख्य लगानीकर्ता मध्ये एक प्रभु बैंकका देवी प्रकाश भट्टचनले एससिटी नेटवर्कमा लगानी गर्न पुगेका छन् । स्मार्ट च्वाइस टेक्नोलोजि (एससीटी) मा लगानी गर्न पुगेको भट्टचनले नयाँ व्यवस्थापनसँगै अत्याधुनिक प्रविधियुक्त ‘कन्ट्याक्ट लेस’ कार्डको व्यापार सुरु गरेका छन् । विदेशमा पनि सजिलोसँग चल्ने सो कार्ड एससीटीले चीनको युनियन पे इन्टरनेशनलसँगको सहकार्यमा नेपालमा प्रयोगमा ल्याउन लागेको हो ।

Prabhu
Crest

भट्टचनले लगानी गरेको एससिटीले युनियन–पे इन्टरनेशनलसँग सहकार्य सुरु गरि अत्याधुनिक ‘कन्ट्याक्ट लेस’ कार्डको औपचारिक सुरुवात गरेको छ । सोही कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले प्रविधिको विकाससँगै यसले व्यवसायमा सहजता ल्याएको प्रतिक्रिया दिए । शिवाकोटीले एससीटी कार्ड प्रयोगमा ठूलो समस्या नआएको बताए । नेप्समा समस्या आएपछि प्रभु समुह एससिटीसँग जोडिन पुगेको हो । उक्त समुहमा आइएमई समुह र हिमालयन बैंकले लगानी गरेको जनाइएको छ ।

एससिटी नेपालमा पहिलो पटक एटिएम कार्ड भित्राउने कम्पनी हो । बीचमा बैंकहरु आफैले कार्डको व्यापार सुरु गरेका थिए । सुरुमा प्रभु समुहले पनि एससिटी कार्ड प्रयोग गर्ने गरेकामा अन्य बैंकहरुको लहैलहैमा लागेर नयाँ कार्ड कम्पनी स्थापना गर्न लागेका थिए ।

उता, ह्याकरको निशानामा परेको नेप्सको व्यापार चौपट भएको छ । नेपालका बैंकहरुकै लगानी रहेको नेप्सले कार्ड सिष्टम चलाउन सकेको छैन भने कहिलेदेखि चल्छ भनेर एकिन गर्न समेत सकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS