IME Life

नेप्से परिसूचक १८८१ पुगेको दिन बीमा कम्पनीहरुको शेयर मुल्य कति थियो ?

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजार भनेको उत्तरचढाव आइरहने क्षेत्र हो । कहिले बजार बृद्धि हुन्छ भने कहिले घट्ने गर्छ । शेयर बजार घट्नु र बढ्नुलाई स्वाभाविक नै मानिन्छ । बजारमा खरिदकर्ताहरुको चाप बढेको समयमा बजार बढ्न जान्छ भने विक्रीकर्ताहरु बढेर र खरिदकर्ताहरुको चाप कम भएको समयमा बजार घट्ने गर्छ । बजार एउटा चक्रमा चलेको हुन्छ ।

२०७३ साउन १२ गते नेपालको इतिहासमै नेप्से परिसूचक सबैभन्दा धेरै विन्दुमा पुगेका थियोे । दिनभरिमा नेप्से परिसूचक १,८८८ को विन्दुसम्म पुगेकोमा बजार वन्द हुँदा १८८१ दशमलव ४५ को विन्दुमा कायम भएको थियो ।

Prabhu
Crest

साउन १२ गते जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बजार मुल्य नेपाल लाइफ इन्स्यारेन्स कम्पनीको रहेका थियो । जसको बजार मुल्य प्रति कित्ता ४ हजार २० रुपैयाँ रहेको थियो । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बजारमुल्य शिखर इन्स्योरेन्स कम्पनीको रहेको थियो । जसको बजारमुल्य प्रति कित्ता ३ हजार सात सय ९६ रहेको थियो ।

त्यस दिन कारोबारमा आएका २० बीमा कम्पनीहरुमध्ये २ बीमा कम्पनीको मात्र बजारमुल्य १ हजारभनदा कम रहेको थियो । गुँरास लाइफको बजारमुल्य प्रति कित्ता ९ सय ९० कायम थियो भने सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रति कित्ता बजारमुल्य ९ सय ८६ रहेको थियो ।

बजार निरन्तर तीन वर्षदेखि बियरिस प्रवृत्तिमा रहेको, बोनश र हकप्रदले शेयर मुल्य समायोजन भएकाले आजको दिनसम्म आइपुग्दा बीमा कम्पनीहरुको बजार मुल्य निकै कम रहेको देखिन्छ ।

नेपालकै इतिहासमा नेप्से उच्च विन्दुमा पुगेको दिन २०७३ साउन १२ गते बीमा कम्पनीहरुको बजार मुल्य कति थियो भनेर इन्स्योरेन्स खबरले गरेको एक अध्ययन 

नोट : २०७३ साउन १२ गतेको बजार मुल्यको आधारमा तयार पारिएको रिपोर्ट

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS