IME Life

विगत एक दशकमा नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकले शेयरधनीलाई कति दिए लाभांश ?

SPIL
Sanima Reliance

काठमाडौं । नेपालमा २८ वटा वाणिज्य बैंकहरु संचालनमा रहेका छन् । जसमध्ये नेपाल स्टक एक्स्चेञ्चमा २७ वटा वाणिज्य बैंकहरु सूचिकृत छन् । नेप्सेमा सूचिकृत २७ वटा वाणिज्य बैंकहरुमध्ये नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई पुराना र अब्बल वाणिज्य बैंकको रुपमा लिइन्छ ।

सुरुवाती चरणमा यी दुवै बैंक विदेशी लगानीमा संचालित थिए । नबिल बैंक जूलाई १९८४ मा नेपाल अरब बैंकको नामबाट संचालन भएको थियो । सन १९९७ मा नबिल बैंकको रुपमा नाम परिवर्तन गरी कारोबार अगाडी बढाएको हो ।

Crest
Meta Holidays

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक सन १९८६ मा नेपाल इन्डोस्विच बैंकको नामबाट फ्रान्सका साझेदारसँगको सहकार्यमा संचालनमा गरेको थियो । पछि अप्रिल २००२ मा नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट कारोबार अगाडी बढाएको पाइन्छ ।

नेप्सेमा सूचिकृत भएका कम्पनीहरुमध्ये यी दुई बैंकहरुले आफ्ना शेयरधनीहरुलाई प्रत्येक वर्ष आकर्षक लाभांश प्रदान गर्दै आएका छन् ।

नेप्सेमा सूचिकत भएका २७ कम्पनीमध्ये अब्बल ठानिएका वाणिज्य बैंकहरु नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको दश वर्षको लाभांश हेर्दा :
नबिल बैंकका शेयरधनीहरुले यो दश वर्षको अवधिमा आकर्षक लाभांश प्राप्त गरेका छन् । यो दश वर्षको अवधिमा लगानीकर्ताहरुले ५ सय ३८ दशमलव ८४ प्रतिशत लाभांश प्राप्त गरेका छन् । उक्त लाभांशमध्ये २ सय ५७ प्रतिशत बोनश शेयर रहेको छ भने २ सय ८१ दशमलव ८४ प्रतिशत नगद लाभांश रहेको छ ।

यो दश वर्षको अवधिमा नबिल बैंकका लगानीकर्ताहरुले आर्थिक वर्ष २०६५ /६६ मा ८५ प्रतिशत लाभांश प्राप्त गरेका छन् । जसमध्ये ५० प्रतिशत बोनश शेयर रहेको छ भने ३५ प्रतिशत नगद लाभांश रहेको छ ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकका शेयरधनीहरुले दश वर्षको अवधिमा ३ सय ५५ दशमलव ७४ प्रतिशत लाभांश प्राप्त गरेका छन् । उक्त ३ सय ५५ दशमलव ७४ प्रतिशत लाभांशमध्ये १ सय ६१ प्रतिशत बोनश शेयर रहेको छ भने बाँकि १ सय ९४ दशमलव ७४ प्रतिशत नगद लाभांश रहेको छ ।

यो दश वर्षको अवधिसम्म नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताहरुले आर्थिक वर्ष २०६७/ ६८ सालमा ५० प्रतिशत लाभांश प्राप्त गरेका छन् । ५० प्रतिशत लाभांशमध्ये २५ प्रतिशत बोनश शेयर प्राप्त गरेका छन् भने २५ प्रतिशत नगद लाभांश प्राप्त गरेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x