IME Life

चौथो त्रैमासको आधारमा राष्ट्रिय स्तरका कुन विकास बैंक “अण्डर भ्यालुड” कुन “ओभर भ्यालूड” ? (सूचीसहित )

SPIL
NIC ASIA

हाल नेपालमा ११ वटा राष्ट्रिय स्तरका विकास बैंकहरु संचालनमा रहेका छन् । संचालनमा रहेका ९ वटै विकास बैंकहरु नेपाली शेयर बजारमा शेयर कारोवार हुने गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेको अवस्था छ । मर्ज र एक्युजिसनका कारणले ओम डेभलपमेन्ट बैंकको र कैलाश विकास बैंकको शेयर कारोबार रोक्का भएको छ । त्यसकारण हामीले ९ वटा विकास बैंकहरुको प्रति शेयर आम्दानी,बजार मुल्य र मुल्य आम्दानी अनुपातको आधारमा कुन विकास बैंक ओभर भ्यालुड, कुन विकास बैंक अण्डर भ्यालुड भनेर अध्ययन गरेका छौं ।

प्रति शेयर आम्दानीको आधारमा
हाल नेप्सेमा कारोबार हुने गरेका ९ वटा विकास बैंकमध्ये प्रति शेयर आम्दानीको आधारमा सबैभन्दा अघि महालक्ष्मी विकास बैंक लिमिटेड रहेको छ । जसको प्रति शेयर आम्दानी २८ रुपैयाँ ३९ पैसा रहेको छ ।

Prabhu
Crest

त्यसैगरी सबै भन्दा थोरै प्रति शेयर आम्दानी देवः विकास बैंक लिमिटेडको रहेको छ । जसको प्रति शेयर आम्दानी १२ रुपैयाँ २४ पैसा रहेको छ ।

मूल्य आम्दानी अनुपातको आधारमा
मुल्य आम्दानी अनुपातको आधारमा पनि महालक्ष्मी विकास बैंकको मूल्य आम्दानी अनुपात थोरै छ  । कम्पनीकोे मूल्य आम्दानी अनुपात ७ दशमलव ३३ गुणा रहेको छ ।

त्यसैगरी सबैभन्दा धेरै मुल्य आम्दानी अनुपात मुक्तिनाथ विकास बैंकको रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १४ दशमलव १४ गुणा रहेको छ ।

हाल नेप्सेमा कारोबार भइरहेका ९ वटा राष्ट्रिय स्तरका विकास बैंकहरु सबैको  मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम छ ।

९ वटा राष्ट्रिय स्तरका विकास बैंकको औसत मूल्य आम्दानी अनुपात १० दशमलव १२ गुणा रहेको छ । उक्त मूल्य आम्दानी अनुपात अनुसार सम्पूर्ण राष्ट्रिय स्तरका विकास बैंकहरु अण्डरभ्यालुडमा  क्षेत्रमा छन् भन्न सकिन्छ ।

नोट : कम्पनीको प्रति शेयर आम्दानी निकाल्दा बोनस शेयर र हकप्रद शेयरको बुक क्लोज भए पश्चात कायम पुँजी को आधारमा गणना गरिएको छ।  मूल्य आम्दानी अनुपात निकाल्दा भाद्र  १० गतेको बजार मूल्यका आधारमा गणना गरिएको  छ ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS