IME Life

घातक रोग विरुद्धको बीमा योजना सार्वजनिक गर्न प्रतिस्पर्धा गर्दै कम्पनीहरु, हेरौ कुन कम्पनीको कस्तो छ योजना

SPIL
NIC ASIA

पछिल्लो समयमा जीवन बीमा कम्पनीहरु बिच नयाँ बीमा योजना सञ्चालन ल्याउँने होड चलेको छ । कम्पनीहरुले एक पछि अर्को एउटै खालका बीमा योजनाहरु सञ्चालन गर्न थालेका छन् ।

बिशेष गरी जीवन बीमा कम्पनीहरुको ध्यान यतिबेला घातक रोग सम्बन्धी योजना खिचिएको छ । २०७३ सालमा सरकारले बैदेशिक रोजगार  अन्तर्गत घातक रोगहरुको पनि जोखिम सुरक्षणको सुरुवात गरेको थियो । सोही अनुसार अहिले जीवन बीमा कम्पनीहरुले घातक रोग सुरक्षण गर्ने गरी बीमा योजनाहरु सञ्चालन गर्न थालेका छन् ।

Prabhu
Crest

नेपालमा सञ्चालित जीवन बीमा कम्पनी मध्ये ज्योति लाइफ इन्स्योरेन्स  कम्पनीले पहिलो पटक घातक रोग सम्बन्धी बीमा योजना सञ्चालनमा ल्याएको  हो ।

ज्योति लाइफ इन्स्योरेन्स एशियन लाईफ इन्स्योरेन्स, नेपाल लाईफ इन्स्योरेन्स, युनियन लाईफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स,  सिटिजन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाईफ  इन्स्योरेन्स,  रिलायन्स लाइफ र नेशनल लाइफ इन्स्योरेन्स ले पनि घातक रोगको सुरुक्षा दिने बीमा योजना सञ्चालनमा ल्याएका छन् ।

ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले  घातक रोगहरुको सुरक्षण गर्नका लागि घातक रोग योजना सञ्चालनमा ल्याएको छ ।घातक रोगहरुको सुरक्षण सुरु गर्ने  योजना ल्याउने पहिलो नेपाली जीबन बीमा कम्पनी हो ।

ज्योति लाईफ इन्स्योरेन्सले ल्याएको यो सुबिधा ऐच्छीक सुविधा हो, थप बीमाशुल्क भुक्तानी गरी ‘घातक रोग’ को सुबिधा लिन सकिन्छ । यो सुविधा लिन बीमितको उमेर तथा बीमा अवधिको आधारमा थप बीमाशुल्क आवश्यक पर्दछ । यो सुविधा प्रस्तावको उमेर १८ वर्ष देखि ५० वर्ष सम्मको लागि मात्र प्रदान गरिने छ । अधिकतम बीमा अवधि २० वर्ष र अधिकतम बीमा समाप्ती उमेर ६० हुनेछ । यो सुविधा मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम १० लाख रुपैयाँ सम्म मात्र लिन सकिने छ ।

यो सुविधा लिएमा बीमितले ११ प्रकारका घातक रोगबाट (रोग परिभाषित गरिए अनुसारको) पीडित भएको निरुपण भएमा बीमितलाई एकमुष्ठ मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम १० लाख रुपैयाँ सम्म रकम प्रदान गरिने छ ।

एशियन लाईफ इन्स्योरेन्सको एशियन क्रिटिकल केयर

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले यही बर्ष देखि १८ प्रकारको घातक रोगको सुरक्षा दिने नयाँ बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले क्यान्सर सहित १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा सुरक्षा प्रदान गर्नको लागी ‘एशियन क्रिटिकल केयर’ नामक पुरक करार बीमा योजना सञ्चालनमा ल्याएको छ । यस ऐच्छिक सुविधा मार्फत बीमितले क्यान्सर, हृदयघात, मस्तिष्क घात, किड्नी फेलियर, कोमा लगायतका घातक रोग मध्ये कुनै पनि एक घातक रोग निरुपण भएमा उपचार खर्च वापत ५० लाख रुपैयाँसम्म भुक्तानी पाउनेछन् । यस योजनामा १६ बर्ष देखि ६० बर्ष उमेरसम्मका व्यक्ति सहभागी हुन सक्नेछन् । बीमाकं रकम ५० हजार देखि ५० लाखसम्मको हुनेछ ।

युनियन लाईफको घातक रोग योजना

युनियन लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग बापतको सुविधा सञ्चालनमा ल्याएको छ । यस सुविधा अनुसार कम्पनीले जारी गरेका बीमा योजनामा थप शुल्क भुक्तानी गरी घातक रोगको सुरक्षा गर्न सकिन्छ ।

घातक रोग सम्बन्धी सुविधा लिनको लागी कम्पनीले जारी गरेको कुनै बीमा योजना खरिद गरेको हुनुपर्नेछ । अधिकत्तम ५० लाखसम्मको जीवन बीमा योजनामा यो अतिरिक्त सुविधा लिन सकिन्छ । विमितको उमेर भने न्यूनतम १६ र अधिकत्तम ६० हुनुपर्नेछ । बीमा योजना अवधिमा न्यूनत्तम ५ अधिकत्तम ३५ हुनुपर्नेछ ।

यस योजना अन्र्तगत १८ वटा घातक रोग लागेको प्रमाणित भएमा कम्पनीले बिमांक रकम बराबर दाबी भुक्तानी गर्छ । तर, यस सुविधा प्रयोग गर्नका लागी ९० दिनको प्रतिक्षा अवधि हुनेछ । अर्थात् यो सुविधा लिएको ९० दिन पछि मात्रै सुविधा प्रयोग गर्न पाईनेछ । बीमितलाई घातक रोग लागेको मान्यता प्राप्त चिकित्सकबाट पहिचान भएको मितिबाट ३० दिनसम्म घातक रोग देखा परि रहेमा शर्तहरुको अधिनमा रही मूल बीमांक रकम बराबर वा अधिकत्तम बीमांक रकम ५० लाखसम्म भुक्तानी हुन्छ ।

यस योजनाले कडा प्रकृतिको क्यान्सर, नियमित डायलासिसको आवश्यकता पर्ने गरी मृगौला फेल, निरन्तर लक्षण सहितको मल्टिपल स्क्लेरोसिस, प्रमुख अंग वा वोनम्यारो प्रत्यारोपण, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरुको मर्मत, ओपन चेष्ट सिएविजि, स्थायी रुपमै भएको हातखुटटाको पक्षघात, माइयोकार्डिबल इन्फ्राक्सन (कडा प्रकृतिको पहिलो ह्दयघात), स्थायी लक्षणको रुपमा देखिएको मस्तिष्क घात, बेनाग ब्रेन टयूमर, अल्जाईमर्स रोग, बिशेष कडा प्रकृतिको कोमा, कलेजोको बिफल अन्तिम चरणमा, पार्किन्सन्स रोग, एओर्टा ग्राफट सर्जरी, थर्ड डिग्री बर्न (पोलेको), बहिरोपना र बोल्ने क्षमता हराएको रोग सुरक्षण प्रदान गर्छ ।

यो सुविधा लिनको लागी ५० बर्ष भन्दा माथि रहेको अवस्थामा जनरल मेडिकल परिक्षण, १२ लिडको इसिजी, छातीको एक्सरे, यूरिन परिक्षण गर्नुपर्छ ।

नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोगहरू (क्रिटिकल इल्नेस) को जोखिम बहन गर्ने बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले ५० लाख रुपैयाँसम्मको जोखीम वहन हुने ‘घातक रोग सुविधा योजना’ नामक बीमा योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यो पूरक करार (थप सुविधा) लिएपछि बीमा अवधिमा तोकिएका घातक रोग लागेमा बीमाले जोखिम बहन गर्नेछ । साथै, साविकको योजना भने बीमा अवधिसम्म चालू रहनेछ । यस पूरक करारले थप जोखिम बहन गर्नेछ । ऐच्छिक सुविधा दिने पूरक करार पहिला कुनै पनि योजनाको जीवन बीमा गरेका बीमित वा नयाँ बीमितले तोकिएका शर्तहरू पूरा गरी यो थप सुविधा लिन सक्नेछन् ।

यस योजनाले क्यान्सर, अन्तिम चरणको मृगौला विफलता, प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेष्ट सीएबीजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मष्तिस्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स रोग, पार्किन्सन्स रोग, तेस्रो डिग्रीमा पोलेको र डढेको गरी विभिन्न रोगहरू समावेश गरिएको छ ।

सिटिजन्स लाइफको क्रिटिकल केयर प्लस

सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनीले पनि घातक रोगहरुको सुरक्षणको लागि ‘क्रिटिकल केयर प्लस’ योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले गम्भिर एवं घातक रोगहरु क्यान्सर, पक्षघात, हृदयघात, मृगौला, कलेजो विफलता लगायत २० वटा रोगहरुको सुरक्षणका लागि यो योजना सञ्चालनमा ल्याएको हो । यस योजनाको बिमांक रकम ५० हजार देखि ५० लाख रुपैयाँ रहेको छ । १८ बर्ष देखि ५५ वर्षसम्मको व्यक्तिले यो योजना खरिद गर्न सक्नेछन् । अधिकतम बीमा गरिने उमेर ६५ वर्ष रहेको छ ।

सन नेपाल लाईफ

सन नेपाल लाईफ इन्स्योरेन्सले दैनिक रु ५ रुपैयाँमा १० लाखको सम्मको बीमा सुरक्षा दिने योजना ल्याएको छ । कम्पनीले १८ घातक रोगहरुमा ५ लाखको बीमाङ्कको ५ बर्षे म्यादी जीवन बीमा योजना ल्याएको छ ।

यस बीमा योजना अन्तर्गत यो योजना मार्फत ५ लाख रुपैयाँ बराबर जोखिम र घातक रोगको जोखिम विरुद्ध ५ लाख रुपैयाँ गरी १० लाख रुपैयाँ बराबर सुरक्षण बीमीतले पाउनेछ ।

१६ वर्षदेखि ६५ वर्ष उमेरका इच्छुक व्यक्तिले यो बीमा गर्न सक्छन् । यद्दपी उमेरको आधारमा बीमा शुल्कमा केही तल माथी हुन सक्ने व्यवस्था गरेको छ । यस बीमा योजना सुरु भएको मिती बाट बीमा अवधि भित्र जुनसुकै कारणबाट बीमीतको मुत्यु भएमा बीमाङ्क रकम प्रदान गरिने यसमा व्यवस्था रहेको छ ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स

रिलायबल इन्स्योरेन्स कम्पनीले घातक रोग वापतको सुविधा सञ्चालनमा ल्याएको छ ।

यस योजनाले कडा प्रकृतिको क्यान्सर, नियमित डायलासिसको आवश्यकता पर्ने गरी मृगौला फेल, निरन्तर लक्षण सहितको मल्टिपल स्क्लेरोसिस, प्रमुख अंग वा वोनम्यारो प्रत्यारोपण, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरुको मर्मत, स्थायी रुपमै भएको हातखुटटाको पक्षघात, माइयोकार्डिबल इन्फ्राक्सन (कडा प्रकृतिको पहिलो ह्दयघात), स्थायी लक्षणको रुपमा देखिएको मस्तिष्क घात, टयूमर, अल्जाईमर्स रोग, बिशेष कडा प्रकृतिको कोमा, प्यारालाईसिल, टिउमर, बहिरोपना रोगको सुरक्षण गर्दछ ।

यो सुविधा ५० हजार देखि १० लाख रुपैयाँ बराबर सुरक्षण गर्दछ । १८ वर्ष देखि ६५ वर्ष उमेरका व्यक्तिले यो बीमा योजना खरिद गर्न सक्नेछन् ।

रिलायन्स लाइफको १८ घातक रोगहरु विरुद्धको रक्षावरण

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले १८ घातक रोगको सुरक्षा दिने बीमा योजना ल्याएको छ । कम्पनीले बीमितहरुको अतिरिक्त घातक रोग सुविधा, आधारभुत जीवन बीमा योजना लाई जोडर उक्त योजना सार्वजनिक गरेको हो ।

योजनाले कडा प्रकृतिको क्यान्सर, मूख्य अंग वा वोनम्यारो प्रत्यारोपण, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरुको मर्मत, ओपन हार्ट चेष्ट सिएविजि, माइयोकार्डिबल इन्फ्राक्सन (कडा प्रकृतिको पहिलो ह्दयघात), स्थायी लक्षणको रुपमा देखिएको मष्तिष्कघात, बेनिङग ब्रेन टयूमर, निरन्तर डायलासिलको आवश्यकता पर्ने गरी भएको मृगौला विफलता, अल्जाईमर्स रोग, बिशेष कडा प्रकृतिको कोमा, पार्किन्सन्स रोग, तस्रो डिग्रीमा पोलेको डढेको , महाधमनीको शल्यक्रिया, स्थायी रुपले भएको अंगहरुको पक्षघात, बहिरोपना र बोल्ने क्षमता हराएको रोग सुरक्षण प्रदान गर्नेछ ।

यो सुविधामा १६ वर्ष देखि ६० वर्ष उमेरका व्यक्ति सहभागि हुन सक्नेछन ।

कुनै घातक रोग रोगहरु लगेको निरुपण भई भएको मिति बाट ३० दिन भित्र सम्म उक्त घातक रोग बीमितमा देखा परिरहेमा शर्तहरुको अधिनमा रही शत प्रतिशत पुरक करार बीमाङक रकम भुक्तानी गर्नेछ, जीवन बीमामा संलग्न घातक रोग अतिरिक्त पुरक करारले आधारभुत योजना अन्तर्गत पाईने लाभमा कुनै असर पर्ने छैन् अर्थात यस घातक रोग अतिरिक्त पुरक करारको भुक्तानी पश्चात आधारभुत योजना लाभमा कुनै कटौति हुने छैन् । यस पुरक करार अन्तर्गत पाईने लाभकर रकम बीमाङक बराबर ५० लाख मध्ये न्यून रकम हुनेछ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी

क्रिटिकल इलनेस राइडर

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १५ घातक रोगहरु विरुद्धको सुरक्षण गर्ने बीमा योजना ल्याएको छ ।

यस योजनाले कडा प्रकृतिको क्यान्सर, चरणको मृगौला विफलता, प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, महाधमनीको शल्यक्रिया, , मष्तिस्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, अन्तिम चरणको फोक्सो सम्बन्धी रोग, प्यारालाइसिस गरी विभिन्न रोगहरू समावेश गरिएको छ ।

क्रिटिकल इलनेस राइडर बीमा योजनामा सरिक हुन न्यूनतम उमेर १८ वर्ष रहेको छ । यस्तै अधिकतम प्रवेश उमेर ६० वर्ष रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS