IME Life
Beema Board

बजारमा डमी एजेण्टको विगविगी

SPIL
NIC ASIA


नेपालको बीमा बजारमा डमी एजेण्ट विगविगी बढेको छ । अभिकर्ताहरु कागजमा मात्रै बन्ने र बास्तविकतामा नहुने हुँदा लाईसेन्स लिने अभिकर्ताको संख्या अधिक देखिए पनि सक्रिय अभिकर्ताको संख्या भने न्यून देखिएको हो ।

बीमा कम्पनीहरुले अभिकर्तालाई इन्सेन्टिभ प्रदान गर्नका लागि अभिकर्ताको विभिन्न खालको संरचना निर्माण गरेका छन् । कम्पनीको नियम अनुसार अभिकर्ताको विभिन्न तह निर्माण गरिएको छ । सामान्यतया तीन वटा तह हुन्छन् । सबैभन्दा तल्लो तहमा अभिकर्ता, युनिट म्यानेजर र एजेन्सी म्यानेजर हुन्छ ।

Prabhu
Crest

एउटा बीमितबाट आएको कमिशन तीन तहलाई बाडँफाँड गरिन्छ । सबैभन्दा तल्लो स्थानमा रहने एजेन्टले ल्याउँने नयाँ बीमा प्रिमियम कलेक्सनको ४ प्रतिशत रकम दास्रो स्थानमा रहने युनिट म्यानेजरलाई जान्छ । त्यस्तै, एजेन्ट र युनिट म्यानेजर दुवैबाट कम्पनीमा भित्रने नयाँ बीमा प्रिमियम कलेक्सनको कुल ४ प्रतिशत रकम सबैभन्दा माथिल्लो तहमा रहने एजेन्सी म्यानेजरलाई जान्छ । नियमले नै कम्पनीमा भित्रने नयाँ बीमावापतको प्रिमियम रकमको २५ प्रतिशत रकम अभिकर्तामा जान सक्ने व्यवस्था छ ।

त्यसैले बीमा कम्पनीहरुले युनिट म्यानेजर तथा एजेन्सी म्यानेजर बन्न लागि एउटा अभिकर्ताले ५ देखि १० जनासम्मको अभिकर्ता बनाउँनु पर्ने प्रावधान राखेका छन् । एजेन्सी म्यानेजर तथा युनिटि म्यानेजर बन्नका लागि नै अभिकर्ताहरुले नाम मात्रको अभिकर्ता बनाउँन थालेका छन् । यस्तो अभिकर्तालाई न त कम्पनीहरुले तालिम नै प्रदान गर्छन्, न त यि अभिकर्ताहरु कहिल्यै बीमा कम्पनीको कार्यलय पुग्छन् । अभिकर्ताले संख्या पुराउँनका लागि मात्रै अभिकर्ता बनाउँछन् । त्यसैले बीमा कम्पनीले पनि अभिकर्ताको संख्या बढाउँन भए पनि यस्तो खालको अभिकर्ता निर्माण गर्नमा सहयोग गरेका हुन्छन् ।

बीमा समितिका अनुसार जीवन र निर्जीवन बीमा क्षेत्रमा गरी हालसम्म ४ लाख ७५ हजार ९९१ जनाले अभिकर्ताको लाईसेन्स लिएका छन् । जसमध्ये ३ लाख २५ हजार १३७ अभिकर्ता निश्क्रिय छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS