अजोड इन्स्योरेन्स लिमिटेड कुश्माशाखाको आयोजनामा (चैत्र २ र ३ )गते दुई दिने कुश्मा बजारमा बाली तथा पशुपंक्षि सम्बन्धी बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न भएको छ ।
तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमाव्यवसायको बर्तमानअवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका लगायतका विषयमा आफ्नो व्यक्त गरेका थिए ।
त्यस्तै गरि अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेलले बाली तथा पशुपंक्षि बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा बीमा अभिकर्ताको आधारभुत तालिममा झन्डै ५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स कुश्माशाखाका प्रमुख हरि सुवेदीले गरेको थियो ।
अजोड इन्स्योरेन्स लिमिटेड गत फाल्गुन महिनादेखि कुश्माबजारको लोकतान्त्रिक चोकमा रहेर पर्वत जिल्लामा हुने निर्जिवन बीमा इन्स्योरेन्सको काम गर्दै आएको छ ।
यसमा सवारी साधन, गाईबस्तु, पशुपंक्षि, बाली, घर तथाव्यापार ब्यवसाय लगायतको क्षेत्रमा इन्स्योरेन्स हुँदै आएको कुश्मा शाखाले जनाएको छ ।