इन्स्योरेन्स खबर/काठमाडौँ:
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले “युरोमनी एक्सिलेन्स बैंक नेपाल २०१८” अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।
साउन २ गते हङकङमा कार्यक्रम आयोजना भएको कार्यक्रममा बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहले उक्त पुरस्कार ग्रहण गर्नु भएको थियो।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले पाँच पटकसम्म “बैंक अफ द इयर” प्राप्त गरिसकेको छ।