IME Life New

रिलायन्स स्पिनिङ मिल्सको आइपीओः अर्थको पत्रपछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयको निर्देशनपछि नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आइपीओ प्रक्रियाबारे छानबिन गर्न समिति गठन गरेको छ।

धितोपत्र बोर्डले आज पुस ४ गते रिलायन्स स्पिनिङ मिल्सको बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन गर्ने सम्बन्धमा भएका कामकारबाहीको निष्पक्ष छानबिन गर्न कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्य विनोदकुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिमा बोर्ड सदस्यहरु आनन्दराज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्य छन्। बोर्ड सदस्यमा प्रतिनिधित्व गर्ने वाग्ले आइक्यानका उपाध्यक्ष हुन् भने भण्डारी बोर्डका विज्ञ सदस्य हुन्।

Esewa
Crest

समितिलाई आवश्यकताअनुसार अन्य व्यक्तिलाई समेत आमन्त्रित गर्न सक्ने अधिकार दिइएको छ। यो समितिले १५ दिनभित्र छानबिन प्रतिवेदन पेस गर्नुपर्न कार्यादेश दिइएको छ।

कमजोर वित्तीय अवस्थाका बाबजुद चर्को मूल्यमा रिलायन्स स्पिनिङ मिल्सलाई आइपीओ दिएको भन्दै उजुरीहरु आइरहेको भन्दै अर्थ मन्त्रालयले छानबिन गर्न निर्देशनात्मक पत्राचार गरेपछि नेपाल धितोपत्र बोर्ड दबाबमा परेको हो। अर्थको वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाले गत मंसिर २९ गतेको सचिवस्तरको निर्णयअनुसार पत्र लेखी ई–मेलमार्फत धितोपत्र बोर्डमा पठाएको थियो। पत्रमा रिलायन्स स्पिनिङको बुक बिल्डिङ विधिबाट आइपीओ अनुमतिमा प्राप्त उजुरी र समाचार आइरहेकोले आवश्यक कारबाही अगाडि बढाउन र त्यसको जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ।

धितोपत्र बोर्डले वित्तीय स्थितिलाई लिएर विवादित रिलायन्स स्पिनिङलाई दुई वर्षअघिको वित्तीय विवरणका आधारमा आइपीओ अनुमति दिएको आरोप लागेको छ। यो कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ बिक्री पनि गरिसकेको छ भने यही पुस ७ गतेबाट सर्वसाधारणलाई बिक्री खुला गर्न लागेको छ। बुक बिल्डिङ विधिबाट निष्कासन हुन लागेको यो आइपीओमा सर्वसाधारणले प्रतिकित्ता ८२०.८० रुपैयाँ तिर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

40%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS