इन्स्योरेन्स खबर/काठमाडौंः ‘ज्योति रेमिट’को प्रबर्द्धक ज्योति विकास बैंक र सानिमा बैंकबीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट संचालन विभाग प्रमुख बलदेव थापा तथा सानिमा बैंकका तर्फबाट प्रबन्धक सरोज गुरागाँईले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात दुई संस्थाले रेमिट आदान प्रदान गर्ने भएका छन् । ज्योति विकास बैंकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा अबदेखि सानिमा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि रकम भुक्तानी लिन र दिन सकिने बैंकले जनाएको छ ।
राष्ट्रिय स्तरको बिकाश बैंक ज्योति बिकाश बैंकले ‘एक गाउँ एक बैक-एक व्यक्ति एक बैंक खाता’ को अबधारणालाई चरितार्थ गर्दै रेमिटबाट मुलुक भित्रिने रकमलाई बचत र उत्पादनमुलक क्षेत्रमा परिचालन गर्ने सोचमा कम्पनी अगाडी बढेको बैंकले जनाएको छ ।
हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढी ग्राहकबाट रु. १५ अर्ब ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणिमार्फत रु. १३ अर्ब ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्ब ५९ करोड कायम रहेको छ ।
बैंकले रेमिट सेवा संगै आगामी दिनमा आफ्ना समस्त ग्राहकवर्गहरुलाई अझ बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
र यो पनि…..