IME Life New

८% लाभांश पारित गर्न विन्ध्यावासिनी हाइड्रोपावरले कहिले गर्दैछ एजीएम ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनार्थका लागि कात्तिक २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २७ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश र सभामा भाग लिन पाउनेछन्।

कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ। घोषित लाभांश पारित गर्न कम्पनीले वार्षिक साधारणसभा पनि आह्वान गरेको हो । कम्पनीले आउँदो मंसिर ६ गते आठौँ वार्षिक साधारणसभा डाकेको छ। सभाले प्रस्तावित लाभांश पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

Esewa
Crest

सभाले कम्पनी ऐनबमोजिम कम्पनीको सञ्चालक समितिको संख्या संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरक्षिकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS