IME Life New

५० करोड भन्दा बढी कारोबार भएको सहकारीलाई केन्द्रिय बैंकले निरीक्षण गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


अब देखि ५० करोड रुपैयाँ भन्दा बढीको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको निरीक्षण केन्द्रिय बैकले नै गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी नियमावली २०७५ जारी गर्दै सहकारी बैंक र धेरै कारोबार गर्ने सहकारीको केन्द्रिय बैकले हिसाव किताब जाँच गर्न सक्ने व्यवस्था गरेको छ ।

पाँच करोड रुपैयाँ भन्दा बढी कारोबार गर्ने संस्थाको स्थानीय तह, प्रदेश सरकारले अनुगमन गर्न सक्नेछ । २५ करोड रुपैयाँ भन्दा बढी दायित्व भएका संस्थाको भने स्थानीय तह, प्रदेश सरकार र सहकारी विभागको संयुक्त टोलीले अनुगमन गर्नेछ ।

Esewa
Crest

धेरै सहकारीको सदस्यता लिन नपाईने
एक भन्दा बढी सहकारीको सदस्यता लिने व्यवस्थालाई खारेज गरिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी नियमावली २०७५ जारी गर्दै दोहोरो सदस्य लिन नपाईने व्यवस्था गरेको हो । यस अघि दोहोरो सदस्यता लिएका सदस्यलाई भने स्वघोषणाको अवसर दिइनेछ ।
सहकारी ऐनमा गरिएको व्यवस्था अनुसार नियमावली जारी भएको तीन तीन महिना भित्रमा दोहोरो सदस्यताको स्व घोषणाको गर्न सुचना दिनुपर्नेछ । सुचनाको आधारमा सदस्यले चाहेको संस्थाले सदस्यता कायम राखी अन्य संस्थाले सदस्यताको अन्त्य गर्नुपर्नेछ ।

पाँच हजारमा एउटा सहकारी
सरकारले पाँच हजार जनामा एउटा सहकारी संस्था रहन पाउँने व्यवस्था गरेको छ । सहकारी नियमावली अनुसार बचत तथा ऋण सहकारी संस्था दर्ता गर्दा महानगरपालिका वा उपमहानगरपालिको हकमा प्रत्येक वडामा रहेको जनसंख्याका आधारमा संस्था दर्ता गर्नुपर्नेछ । नगरपालिकाको हकमा प्रत्येक दुई हजार जनसंख्यामा एउटा संस्थामा नबढ्ने गरी र गाउँपालिकाको हकमा प्रत्येक पाँच सय जनसंख्यामा एउटा संस्थामा नबढ्ने गरी संस्था दर्ता गर्नुपर्नेछ ।

सहकारीले ६ प्रतिशत स्प्रेडदर कायम गर्नुपर्ने
अब देखि सहकारी संस्थाहरुले जथाभावी ऋण लिन नपाउँने भएका छन् । सहकारी नियमावलीले बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत कायम गरेपछि संस्थाहरुले चर्को ब्याज असुल्न नपाउँने भएका हुन् । नियमावली अनुसार ब्याजदर निर्धारण गर्दा सामान्यतया बचतमा भारित औसत ब्याजदर भन्दा सामान्यतया बढी र ऋणमा भारित औसत ब्याजदरभन्दा सामान्यतया घटी हुनुपर्नेछ । त्यस्तै ब्याजदर निर्धारण गर्दा बचत तथा ऋणको किसिम एवम् प्रयोजन हेरी शहरी तथा ग्रामिण क्षेत्रका लागि छुट्टाछुट्टै दर कायम गर्न सकिनेछ ।

कालोसुचीमा राखिने
सहकारी संस्थाबाट कर्जा लिएर भुक्तानी नगर्नेलाई कालोसुचीमा राखिने भएको छ । मन्त्रालयले जारी गरेको नियमावली अनुसार कर्जा सुचना केन्द्रको गठन गरी कर्जा भुक्तानी नगर्नेलाई कालो सुची राख्ने व्यवस्था गरकोे छ । सहकारी संस्थाहरुबाट ऋण लिई रकमको अपचलन गर्ने वा भाखाभित्र ऋणको साँवा, ब्याज फिर्ता नगर्ने व्यक्तिको नाम प्रकाशन गर्नुपर्नेछ । कालो सुचीमा परेका व्यक्तिहरुको नाम निर्धारित मापदण्ड अुनसार सम्बन्धित संस्थाको सिफारिशको आधारमा हटाउँन सकिनेछ ।

एकीकरणमा जोड
कार्यक्षेत्र खप्टिएको वा जोडिएका सहकारी संस्थाहरु एक आपसमा गाभिन सक्नेछन् । गाभिने संस्थाहरुको बिषय वा प्रकृति मिल्नुपर्नेछ । एकीकरण गर्दा संस्थाको कार्यक्षेत्रको आधारमा स्थानीय तहको वडा, स्थानीय तह, जिल्ला वा प्रदेशको क्षेत्र भित्र परेको हुनुपर्नेछ । तर, मन्त्रालयको पूर्व स्वीकृति बिना २०४९ साल जेठ २ गते भन्दा अघि दर्ता भएका साझा संस्थाहरुलाई अर्को संस्थामा एकीकरण गर्न भने पाईदैन । साथै महिला मात्र सदस्य संस्था महिला मात्र सदस्य रहने संस्थानमा एकीकरण गर्न प्राथमिकता दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS