IME Life New

४ कम्पनीको भुक्तानी हुन बाँकी दावी नै शुन्य, कसको कति बाँकि ? सूचि सहित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका १९ जीवन बीमा कम्पनीमध्ये ४ वटा जीवन बीमा कम्पनीहरुको भुक्तानी हुन बाँकी दावी नै शुन्य रहेको छ । सानिमा लाइफ, रिलायबल नेपाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा संस्थानले आफ्ना ग्राहकलाई शत प्रतिशत दावी भुक्तानी गरेका छन् । आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरण अनुसार यी ४ कम्पनीको भुक्तानी हुन बाँकी दावी शुन्य देखिएको हो ।

यस त्रैमासको वित्तीय प्रतिवेदनलाई आधार मान्दा जीवन बीमा कम्पनीहरुले ४ अर्ब १० करोड ७६ लाख १० हजार रुपैयाँ बराबरको दावी भक्तानी गर्न बाँकी छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको भुक्तानी हुन बाँकि दाबी ४७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुको भुक्तानी हुन बाँकि दाबी २ अर्ब ७७ करोड ६७ लाख २२ हजार रुपैयाँ थियो ।

Esewa
Crest

यस समिक्षा अवधिको तथ्याङकलाई हेर्ने हो भने सबैभन्दा धेरै नेपाल लाइफको भुक्तानी हुन बाँकी दावी रकम २ अर्ब २१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिा भुक्तानी हुन बाँकि दाबी रकम ५४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको भुक्तानी हुन बाँकि दाबी रकम १ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै, दोस्रोमा मेट लाइफ रहेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दावी ७४ करोड ४१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको भुक्तानी हुन बाँकि दाबी रकम ६५ करोड २२ लाख रुपैयाँ थियो । तेश्रोमा नेशनल लाइफले ६३ करोड ८ लाख बराबरको दावी भुक्तानी गर्न बाँकी छ रहेको छ ।

चौथोमा एलआईसी नेपाल रहेको छ । कम्पनीको गत आथिउक वर्षको सोही अवधिको तुलनामा भुक्तानी हुन बाँकि दाबी रकम ४१ प्रतिशतले बढेर २९ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

१० करोडभन्दा कम दाबी भुक्तानी हुन बाँकि रहेका कम्पनीहरु
यस समिक्षा अवधिमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ८ लाख रुपैयाँ भुक्तानी हुन बाँकि दाबी रहेको छ । त्यस्तै, सूर्या लाइफको ५ करोड ५१ लाख,ज्योति लाइफको ५ करोड ३७ लाख,प्राइम लाइफको १ करोड ६० लाख,सिटिजन लाइफको १ करोड १ लाख रुपैयाँ भुक्तानी हुन बाँकि दाबी रहेको छ ।

लाखमा दाबी भुक्तानी हुन बाँकि रहेका कम्पनीहरु
यस अवधिमा प्रभु लाइफको ८१ लाख रुपैयाँ, यूनियन लाइफको ७६ लाख रुपैयाँ, रिलायन्स लाइफको ४३ लाख रुपैयाँ ,महालक्ष्मी लाइफको ४१ लाख रुपैयाँ,गुराँस लाइफको २० लाख रुपैयाँ र आइएमई लाइफको ८ लाख रुपैयाँ भुक्तानी हुन बाँकि दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS