IME Life New

४० जना सरकारी कर्मचारी पुरस्कृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले ४० जना आफ्ना कर्मचारीहरुलाई पुरस्कृत गर्ने भएको छ । आज सोमबार निजामती सेवा दिवसमा  ४० जना कर्मचारी पुरस्कृत गर्ने जनाएको छ ।

कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नम्वर ल्याउने ४० जना निजामति सेवाका कर्मचारीहरुलई पुरस्कृत गर्न लागिएको हो तर विगतमा जस्तो सर्वोत्कृष्ट कर्मचारीको सम्मान भने पाउने छैनन् ।

Esewa
Crest

सरकारले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, नेपाली दुतावास, बेजिङका सहसचिव सुशील लम्साल, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, संघीय मामिला मन्त्रालयका उपसचिव डिलाराम पन्थी, सीडीई सुरतकुमार बम, लोक सेवाका उपसचिव टामलाल पाण्डे, प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा रहेका छन् ।

निजामती पुरस्कार पाउने ३० जनामा अनुज फुयाल, गेदलाल खत्री, सरस्वती कुमारी श्रेष्ठ, उमेश घटवार, भरत कुमार कार्की, शिमला श्रेष्ठ, सुदर्शन खनाल, मनिला मादेन, रघुराम विष्ट, कुवेर नेपाली, गोपाल रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, रोशनी देवी कार्की, अञ्जनकुमार मिश्र, डा. वीरेन्द्र मिश्र, बाबुराज अधिकारी, टिकाराम ढकाल, रञ्जित भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे, मञ्जु सिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य, प्रकाश प्रेमी गैरे, जयदेव विष्ट र लालबहादुर विष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS