IME Life New

२४ लाखले भरे मध्य भोटेकोशीको आइपीओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा २४ लाख जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा अपरान्ह ५    बजे सम्ममा  २३   लाख ९३   हजार ४  सय २८  जना आवेदकहरूले ३  करोड ४३  लाख ६०  हजार १० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्काशन गर्न गरेको थियो  ।

Esewa
Crest

निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणलाइ खुल्ला गरेको  थियो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकहरुमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS