IME Life New

२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावरले जुटायो लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाईमा लगानी जुटेको हो । यस आयोजनामा कृषि विकास बैंक र माछापुछ्रे बैंकको पनि लगानी रहनेछ । असोज २९ गते सोमबार भएको लगानी सम्बन्धी सम्झौतामा देव ग्रुपका अध्यक्ष तथा यस कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स बैंकका कन्सोर्टियमरपूर्वाधार बैंकिङ एकाइका प्रमुख रोसन मल्लले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा सिटिजन्स बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुमित बाबु खत्री, चिफ क्रेडिट अफिसर सुमन मुलापाती, कृषि विकास बैंकको तर्फबाट हरी अधिकारी, विश्व बन्धु भट्टराई, माछापुछ्रे बैंकको तर्फबाट अनिल सिवाकोटी साथै आयोजना कम्पनीको तर्फबाट चिफ अपरेटिङ्ग अफिसर नविन सिलवाल, वित्तीय प्रमुख प्रदिप खतिवड र सिभिल इन्जिनिय प्रमुख सिवसागर यादवको उपस्थिति रहेको थियो ।

Esewa
Crest

यस आयोजनामा ३ अर्ब ९४ करोडको लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी हुने सम्झौतमा उल्लेख छ ।

२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर आयोजना माग्दीको राघुगंगा गाउँपालिका वडा नम्वर ७ र ८ को ठूलो खोला निर्माणधिन भैरहेको छ । अयोजना ३४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तले बताएका छन् । २०८२ सालको असोज २८ गते निर्माण सम्पन्न गर्ने मिति तोकिए भएपनि त्यो भन्दा पहिले नै आयोजना सम्पन्न गरी राष्ट्रिया प्रशारण लाइनमा जोड्ने गरी काम तिव्र गतिमा भैरहेको अध्यक्ष पन्तले जानकारी दिए ।

यस ठूलो खोला हाइड्रोपावर आयोजनामा देव ग्रुप कै स्वामित्व रहेको अर्को आयोजना प्रोजेक्ट टक्सार पिखुवा हाइड्रोपावर लिमिटेडको समेत लगानी रहेको छ । टक्सार पिखुवा हाइड्रोपावर विगत २ बर्ष अगाडि नै सम्पन्न भई विद्युत उत्पादन गरीरहेको कम्पनी हो । यो कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्नको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS