IME Life New

१८ निर्जिवन बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन साढे ६ अर्बमाथि, शिखरलाई उछिन्दै नेको अग्रस्थानमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल संचालनमा रहेका २० मध्ये १८ निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा ६ अर्ब ८४ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् ।

कम्पनीहरुले  प्रकाशन गरेको वित्तीय विवरणको आधारमा

विगत लामो समयदेखि  अग्रस्थानमा रहेको शिखर इन्स्योरेन्सलाई पछि पार्दै नेको इन्स्योरेन्सले खुद बीमाशुल्क आर्जनमा पहिलो स्थान ओगटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेकोले ९४ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गर्न सफल भएको छ।

Esewa
Crest

दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले ७४ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीले ६९ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको हो।

बीमा कम्पनीहरुले प्रकाशन गरेको तथ्याङ्क अनुसार एनएलजी इन्स्योरेन्सले ५५ करोड २० लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले ५३ करोड ९६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ३९ करोड ९० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ३८ करोड १८ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ३७ करोड ८१ लाख रुपैयाँ, आइएमई जनरलले ३६ करोड ३९ लाख रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सले ३६ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सले ३२ करोड ५४ लाख रुपैयाँ, युनाईटेड इन्योरेन्सले २६ करोड ३० लाख रुपैयाँ,अजोड इन्स्योरेन्सले २० करोड ८६ लाख रुपैयाँ एभरेष्ट इन्स्योरेन्स १९ करोड ४० लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले १६ करोड २ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १२ करोड ८७ लाख रुपैयाँ, जनरल इन्स्योरेन्सले ११ करोड ९७ लाख रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले ८ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS