IME Life New

१७ वाणिज्य बैंकको आधारदर सिंगल डिजिटमा, कुन बैंकबाट पाइन्छ सस्तोमा कर्जा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १७ वटा आधारदर सिंगल डिजिटमा झरेको छ। ३ वटा वाणिज्य बैंकको आधारदर भने १० प्रतिशतभन्दा माथि नै रहेको छ।

माघमा कृषि विकास बैंक, सिटिजन, एभरेष्ट, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल एसबीआई, एनआईसी एसिया, एनएमबि, प्रभु, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधारदर सिंगल डिजिटमा झरेको छ। माघमा कृषि विकास बैंकको आधार दर ९.८२ प्रतिशत, सिटिजनको ९.८१ प्रतिशत, एभरेष्टको ८.६९ प्रतिशत, ग्लोबल आइएमईको ९.६ प्रतिशत,, लक्ष्मी सनराइजको ९.९९ प्रतिशत, माछापुच्छ्रेको ९.७८ प्रतिशत, नबिलको, ९.०७ प्रतिशत नेपाल बैंकको ८.५५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट बैंकको ९.४१ प्रतिशत, नेपाल एसबीआईको ९.६६ प्रतिशत, एनआईसी एसियाको ९.६८ प्रतिशत, एनएमबिको ९.९५ प्रतिशत, प्रभुको ९.४२ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८.२५ प्रतिशत, सानिमाको ९.२९ प्रतिशत, सिद्धार्थको ९.२८ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७.५६ प्रतिशत रहेको छ।

Esewa
Crest

हिमालयन, कुमारी र प्राइम कमर्सियल बैंकको आधारदर भने १० प्रतिशत माथि रहेको छ। हिमालयन १०.५९ प्रतिशत, कुमारीको १०.२८ प्रतिशत र प्राइमको १०.३८ प्रतिशत आधार रहेको छ।

बैंकहरुले आधारदरमा प्रिमियम दर जोडेर कर्जा प्रवाह गर्ने गरेका छन्। केही महिनाअघिसम्म बैंकहरुको प्रिमियम दर ७ प्रतिशतसम्म पुगेको थियो। हाल बैंकहरुको अधिकांश कर्जाको प्रिमियम दर अधिकतम ३ प्रतिशत र केही कर्जाको ५ प्रतिशतसम्म रहेको छ।

आधारदर घटेकोले अब बैंकहरुको कर्जा ब्याजदर पनि घट्दै गएको छ। यद्यपि बैंकहरुबाट सोचेजति कर्जा पनि प्रवाह हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS