IME Life New

ह्वावे नेपालद्वारा सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा गरेको छ । सुचना प्रविधिका प्रतिभाहरुको विकाससँगै अन्तर सामाजिक सम्बन्धका निम्ति कार्यक्रमको आयोजना गरीएको हो ।

ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत सञ्चालन गरीएको प्रतियोगितामा आवेदन दिएका ३०० विद्यार्थी मध्यबाट ३० जनालाई छनोट गरीएको थियो ।

Esewa
Crest

प्रतिष्ठित ब्यक्तिहरु सम्मेलित निर्णयकमण्डलले गत आषाढ १७ मा गरेको अन्तिम अन्तरवार्तामा अन्तिम सुचीमा परेका विद्यार्थीबाट विजेता चयन गरिएको छ । स्वतन्त्र निर्णायक मण्डलमा इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गका डिन प्रा. डा शशिधर राम जोशी, शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधि तर्फका सहसचिव इन्दुविक्रम जोशी, सुचना प्रविधिमा महिलाकी अध्यक्ष गुणकेशरी प्रधान, आइएफएनका सह संस्थापक हेमपाल श्रेष्ठ, युनेस्को नेपालकी डिजिटल मिडिया विज्ञ आकृति खरेल, ह्वावे नेपाल कार्यालयका डेटा सेन्टर विजनेस लिडर रोहित चन्द्र शाह सम्मेलित समुहले विद्यार्थीहरुको ज्ञान र क्षमताको मुल्यांकन गरेका थिए ।

विद्यार्थीहरुलाई नेतृत्व क्षमता, शैक्षिक तिक्ष्णता, सञ्चार कौशल, समुहगत सहकार्य, समय अनुकुल परिवर्तन हुन सक्ने तथा लचिलो प्रवृत्तिको समेत मुल्यांकन गरीएको थियो । हौसला, जोश, समस्या समाधानका निम्ति गरिने योगदान, प्राविधिक ज्ञान र सिप, नयाँ सोच सहित सामाजिक जिम्मेवारी लिने, नैतिकता जस्ता शिर्षकलाई छनोटका आधार बनाइएको थियो ।

शिर्ष स्थानमा रहन सफल विद्यार्थीहरु आशिष कार्की, एनजीलिना घिमिरे, प्रियाँशु शर्मा ,साधना पन्थी , समिप अर्याल र समृद्धि कार्की
हुन् । उनीहरुले अब क्षेत्रीय प्रतियोगितामा भाग लिनेछन् । जुन वि.स २०८१ को भाद्र महिनामा चीनमा आयोजना हुने टेक फर गुडको क्षेत्रीय चरणमा
हुनेछ ।

अब हुने अन्तिम प्रतियोगितामा विद्यार्थीहरुले आफ्नो समुह विस्तार, स्थानिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट थप मार्गदर्शनको अवसर प्राप्त गर्नेछन् । वास्तविक ब्यापारका अनुभव पनि कार्यक्रममा समावेश छ । विजेताहरुले चीनको डिजिटल पृष्ठभुमिको अनुभव गर्ने आकर्षक अवसर प्राप्त गर्नेछन् । चीनको सञ्चार प्रविधि क्षेत्र, उच्च प्रविधि कम्पनि सहित कार्य सञ्चालन विधिबारे अन्तरक्रियाको अवसर विद्यार्थीहरुले
पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS