IME Life New

ह्याम्स हस्पिटलले डाक्यो एजीएम, यस्ता छन् एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स) वार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा आगामी असोज २३ गते कम्पनीको कार्यालय, बुढानिलकण्ठ नगरपालिका ९ मा दिउँसो २ बजेदेखि शुरु हुने जनाइएको छ ।

सभामा कम्पनीले लाभांश प्रस्ताव पेश गर्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलातको विवरण पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव अनुमोदन गर्ने जनाएको छ ।

Esewa
Crest

कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ ।हाल कम्पनीले नेपाल धितोपत्र बोर्डमा ११ लाख २५ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS