IME Life New

होटल बन्दको समाचार आउँदा पनि कसले किन्यो तारागाउँको शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हायात होटल (तारागाउँ रिजेन्सी होटल्स लिमिटेड)मा नै कार्यरत रहेका मजदुरको संगठन अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको हडतालका कारण होटल बन्द भएको जानकरी कम्पनीले नेप्सेले दिए पश्चात लगानीकर्तामा एक प्रकारको प्यानिक अवस्था सिर्जना भएको थियो।

लगानीकर्ताले सके सम्म चाढै नै शेयर बेच्नु पर्ने धारणा सामाजिक संजालमा पोस्ट गरेका थिए। आज कम्पनीको बजार मूल्यले माईनस दशप्रतिशतको सर्किटी लाग्ने र खरिदकर्ता निकै थोरै हुने आकलन गरिएकोमा आजको बजारले त्यस्तो देखाएन।

Esewa
Crest

आज तारागाउँ रिजेन्सी होटल्सको पहिलो कारोवार ३०५ रुपैया प्रति कित्ता भएको थियो भने कम्पनीको बजार मुल्य २९५ प्रति कित्ता सम्म पुगेकोमा बजार बन्द हुँदा ३१२ रुपैया प्रति कित्ता बन्द भएको छ। कम्पनीको बजार मूल्य अघिल्लो कारोवार दिन भन्दा २ दशमलव ८० प्रतिशतले कमी हुँदै ३१२ रुपैयामा बजार मूल्य बन्द भएको छ।

आज तारागाउँ रिजेन्सी होटल्सको दिन भरमा सर्वाधिक ४ करोड २४ लाख बराबरको शेयर किनबेच भएको छ।
आजको फ्लोरसिटले के भन्छ ?
आज तारागाउँ रिजेन्सी होटल्सको ब्रोकर नम्बर ३४  बाट सर्वाधिक ९८ लाख ५६ हजार बराबरको ३२ हजार १ सय ६५ कित्ता शेयर बिक्री भएको छ भने ७ नम्बर ब्रोकर बाट सर्वाधिक ८० लाख बराबरको २६ हजार ५५ कित्ता शेयर खरिद भएको छ।

त्यस्तै ४९ नम्बर ब्रोकर बाट ७० लाख बराबरको शेयर खरिद भएको छ भने ब्रोकर नम्बर ४४ बाट ४३ लाख ७८ हजार बराबरको शेयर बिक्री भएको छ।

तथ्याङ्क श्रोत : डाटा एनालाईटिक्स

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS