IME Life New

हुन्डाईको फेस्टिभ डिलाइट योजना सार्वजनिक, गाडी खरिदमा ६ लाख नगद छुट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हुन्डाई गाडीका लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैं–तिहारलक्षित ‘फेस्टिभ डिलाइट–२०८०’ योजना सार्वजनिक गरेको छ। आफ्ना ग्राहकको दसैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ।

यस वर्ष पनि यही परम्परा कायम राखी १ जना भाग्यमानीले हुन्डाई एसयूभी लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन्। हुन्डाईको चाडपर्वलक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिँदै आएको छ।

Esewa
Crest

यस योजनाअन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा रु ६ लाखसम्मको आकर्षक नगद छुट, स्क्राच कार्डमार्फत थप १ लाखसम्मको नगद छुटका साथै १ वर्षका लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्। आफ्ना ग्राहकको सन्तुष्टिका लागि हुन्डाईले सदैव समयसापेक्षिक ग्राहकलक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ।

आज भदौ २१ गतेदेखि सुरु भएको यस हुन्डाई फेस्टिभ डिलाइट योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्ने ग्राहकले पनि यो योजनामा सहभागिता जनाउन योग्य हुनेछन्। नाडा अटोशो २०२३ मा हुन्डाईको बी ५ स्टल भ्रमण गरेर सबैले हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्ने जनाएको छ ।

सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ। यो योजना मंसिर ३ गतेसम्म लागू हुनेछ। लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १७ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमाबाइल उत्पादकमध्येमा पर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS