IME Life New

हिमालय ऊर्जाको हकप्रद शेयर भर्न छुट्यो कि ? आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज भदौ १२ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत साउन २४ गतेबाट हकप्रद शेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइन्छ।

Esewa
Crest

कम्पनीले हाल कायम चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको छ। जसअनुसार कम्पनीले ९९ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत असार २० गते बुकक्लोज गरेको थियो। यसको अर्थ गत असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

यो हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वा प्रणालीमार्फत र सीडीएस एन्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्। त्यस्तै लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS