IME Life New

हिमालय ऊर्जाको करिब साढे १४ लाख कित्ता शेयर असोज ७ बाट बिक्रीमा राखिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको करिब साढे १४ लाख कित्ता शेयर बिक्रीमा राखिने भएको छ।

कम्पनीले असोज ७ गतेबाट अवितरित १४ लाख ४६ हजार ३५८ कित्ता हकप्रद शेयर बिक्रीमा राख्ने भएको हो। कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गरेको थियो। त्यस क्रममा बिक्री हुन बाँकी शेयर लिलामी प्रक्रियाबाट बेच्न लागिएको हो।

Esewa
Crest

यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन असोज १४ गतेसम्म दिन सकिनेछ।

लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। अधिकतममा भने कुनै हद तोकिएको छैन। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यो शेयरमा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका साथै नबिल बैंकका शाखाहरु विराटनगर, जनकपुर, भक्तपुर, पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगरमा बोलपत्र पेस गर्न सक्नेछन््।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS