IME Life New

हिमालयन रिइन्स्योरेन्सको आईपीओ रोक्न परेको रिटमा उच्च अदालतबाट जारी भएन अन्तरिम आदेश

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । उच्च अदालत पाटनले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई प्रिमियममा आइपीओ ल्याउने बाटो खुला गरिएको छ।

अदालतले आज हिमालयन रिइन्स्योरेन्सको प्रिमियममा ल्याउन लागेको आइपीओ रोक्न माग गर्दै रिटमा आज अन्तरिम आदेश नगरेको हो। योसँगै कम्पनीलाई प्रिमियममा आइपीओ ल्याउने बाटो खुलेको छ।

Crest

गत असोज २२ गते हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा ल्याउन लागेको आइपीओ रोक्न माग गर्दै रिट परेको थियो। उक्त रिटमा आज अदालतमा सुनुवाइ भएको थियो। सुनुवाइपछि अदालतले रिटमा माग गरेअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि भोलि मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गर्दैछ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्न लागेको हो। कम्पनीले ३ करोड कित्ता आइपीओ निष्कासनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ।

कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। अब बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री खुला गर्नेछ। सर्वसाधारणले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्। यो आइपीओको निष्कासन बन्द छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गते बैंकिङ समयपछि हुनेछ।

हिमालयन रिइन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङअनुसार इक्रा नेपालबाट केयरएनपी आईआर ए माइनस रेटिङ पाएको छ। यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS