IME Life New

हिमालयन डिस्टिलरीले १४७%ले बढायो नाफा, अन्य सूचकमा पनि आकर्षक प्रगति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ४० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा १४७.४२ प्रतिशतले बढेको छ।

Esewa
Crest

पुससम्म कम्पनीको सञ्चालन मुनाफा ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा २३ करोड ४ लाख रुपैयाँ रहेको थियो। कम्पनीको सञ्चालन मुनाफा पनि १३१.९७ प्रतिशतले बढेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीले उत्पादन बिक्रीबाट ३ अर्ब ३ करोड २२ लाख रुपैयाँ आम्दानीको गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको आम्दानी १ अर्ब ८९ करोड ८८ लाख रुपैयाँ थियो। ५९.६९ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ तथा सरप्लसमा ५५ करोड ३३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भ तथा सरप्लसमा ४८ करोड १५ लाख रुपैयाँ थियो। रिजर्भ तथा सरप्लसको आकार पनि १४.९१ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २६.३५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १०.६५ रुपैयाँ थियो। पीई रेसियो ४३.८७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS