IME Life New

हिमालयन डिस्टिलरीको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिस्टिलरीले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको मंसिर २३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफासमेतबाट हाल कायम चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने गरेको हो। जसमा १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्।

Esewa
Crest

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आफ्नो २४ औँ वार्षिक साधारणसभा आउँदो पुस २८ गते आयोजना गर्ने निर्णय पनि गरेको छ। सभा पर्साको वीरगन्ज–२१ लिपनिविर्तास्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।

सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउनेछन् भने सभामा भाग लिन पनि योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS