IME Life New

हिमालयन डिष्टिलरीले चमत्कारिक रुपमा नाफा बढाउँदा फेरि आकर्षक लाभांशको आश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेयर बजारमा सूचीकृत एक मात्र मदिरा कम्पनी हिमालयन डिष्टिलरीले नाफा त चमत्कारिक रुपमा बढाएकै छ, यसपल्ट पनि फेरि आकर्षक लाभांशको आशा बढेको छ । गत बर्ष ५० प्रतिशत बोनस र त्यतिकै मात्रामा नगद लाभांश दिएर सेयरधनीमा खुशीको बहार संचार गरेको कम्पनीले यसपटक पनि त्यस्तै खुशी बाँड्ने आशा गरिनु स्वभाविक छ ।

५७ करोड चुक्ता पूँजी रहेकोमा गत बर्ष ४६ करोड ६० लाख खुदनाफा गरेर प्रति सेयर आम्दानी ८० रुपैयाँ कायम गरेको कम्पनीले ७० प्रतिशत लाभांश यस पटक पनि बाँडछ भन्ने आशा गर्नु अन्यथा हैन । जगेडा कोषमा ६७ करोड रुपैयाँ जम्मा पारेकाले त्यसको आधारमा पनि कम्पनी लाभांश वितरणमा अनुदार नहोला भन्न सकिन्छ । साधारणसभा गरिसक्नुपर्ने समय पुस मसान्त नजिकिएकाले केही दिन भित्रैमा कम्पनीको लाभांश प्रस्ताव सार्वजनिक हुन सक्छ ।

Esewa
Crest

यसबर्षको पहिलो त्रैमासमा कम्पनीले १८ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेर प्रति सेयर आम्दानी एक सय २९ रुपैयाँ कायम गरेकोमा दोस्रो त्रैमासमा झन् फलिफाप भएको आँकलन गरिएको छ । मदिराजन्य पदार्थको बिक्री दशैं तिहारमा बढी हुने र यसपल्ट दशैं कार्तिकमा परेकाले यसवीचमा झण्डै ३० करोड खुद नाफा कमाएको कम्पनी सुत्र बताउँछ । प्रतिसेयर आम्दानी बढेर दोस्रो त्रैमासको प्रतिबेदनमा दुई सय रुपैयाँ भयो भने अर्को चमत्कार हुनेछ ।

विगतमा कम्पनीको संस्थागत सुशासन शंकाष्पद रहेकोमा एनआईसी एशिया र नविल बैंकमा लामो समय प्रमुख कार्यकारी भएका सशिन जोशी गएपछि ब्यापक फेरबदल भएको छ । त्यसका संस्थापक सेयरधनी विजय शाह धेरै कर तिर्ने ब्यक्तिमा दरिएकाले अब आफ्नो प्रतिष्ठाका लागि पनि कम्पनीमा बदमासी गर्ने संभावना कमजोर बनेको बताईन्छ ।

कम्पनीको सेयर मूल्य पछिल्ला दिनमा ह्वात्तै बढेर तीन हजार आठ सय माथि रहेकाले केही महंगो अबश्य भएको छ तर मूल्य आम्दानी अनुपातको हिसाब गर्दा २९ गुणा हाराहारी मात्र रहेकाले त्यति धेरै जोखिमपूर्ण हैन । लगानीकर्ताको आकर्षणका कारण यस्ता उत्पादनमुलक कम्पनीको शेयर मूल्य अन्तर्राष्ट्रिय बजारमा पनि उच्च रहने गर्छ ।

(स्पष्टिकरणः यहाँ तथ्यमा आधारित आँकलन मात्र प्रस्तुत गरिएको हो, के कसरी लगानी गर्ने र जोखिम लिने भन्ने कुरा लगानीकर्ता स्वयंको अध्ययन, विश्लेषण र लगानी कौशलमा निर्भर हुने स्पष्ट गरिन्छ । )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS