IME Life New

हिमालयन जनरल इन्स्योरेन्सले आधारभुत बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

निर्जीबन बीमा ब्यबसायको कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले निर्जिबन बीमा क्षेत्रमा अभिकर्ता भई कार्य गर्न चाहने इच्छुक व्यक्तिका लागि बीमा अभिकर्ता तालिम सञ्चालनमा गर्ने भएको छ ।

बीमा व्यवसाय अभिवृद्धि गर्न साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ यस कम्पनीले बाली तथा पशुपन्छी बाहेकको निर्जीवन बीमाको आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले मिति यहि भाद्र १९ गते देखि २३ गते सम्म अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको हुँदा इच्छुक व्यक्ति वा संस्थाका लागि निवेदन दिन आह्वान गरेको छ ।

कम्पनीले आफ्नो केन्द्रिय कार्यालयमा तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले ३० जनाको लागि तालिम सञ्चालन गर्ने भएको हो । इच्छुक व्यक्ति वा संस्थाले भाद्र १४ गते सम्म कम्पनीको केन्द्रिय कार्यालयमा सम्पर्क गरि सक्नु पर्नेछ । निवेदकले आवेदन दिदाँ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि र हालसालै खिचिएको पासफोर्ट साईजको २ प्रति फोटो पेश गर्नु पर्ने जानकारी कम्पनीले दिएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS